सिरहामा लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिरहाको कल्याणपुर नगरपालिका-४ महुलियाँबाट लागुऔषध कोरेक्स ४३ पिस सहित पक्राउ गरेको हो ।
सिरहाको मिर्चैया नगरपालिका-७ फुलबरीयाँ बस्ने २९ वर्षीय फिरोज शेख सहित २ जनालाई पक्राउ गरेको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागुऔषध सहित फेला पारी पक्राउ गरेको उनले बताए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved