थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११० पुग्यो

  • वैशाख २७, २०७७ | ३१५ पटक पढिएको |
alt

उदयपुरमा शनिबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको भुल्केकी एक महिलामा कोरोना पोजेटिभ पुष्टि भएको प्रदेश नम्बर १ को मुख्यमन्त्री कार्यालयले जनाएको छ । 

योसँगै  प्रदेश १ मा कोरोना पोजेटिभको संख्या ३५ पुगेको छ भने निको हुनेको संख्या १४ रहेको छ । आजै प्रदेश नम्बर १ मा ३ जनामा कोरोना पुष्टि भएका थिए । 

उदयपुरकै उनीहरु १८, ४५ र ६५ वर्षीया महिला रहेका थिए । यस्तै कपिलबस्तुमा ३ जना र पर्सामा एक जनामा पनि आजै कोरोना  संक्रमण पुष्टि भएको थियो । 

पछिल्लो विवरणअनुसार उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालभर संक्रमितको संख्या ११० पुगेको छ । 

हालसम्म देशभर कोरोना निको हुनेको संख्या ३१ जना रहेकाे छ ।

गोलबजारमा ज्यान गुमाएका यादवको शव प्रहरीले उठायो

सिरहा । सिरहाको गोलबजारमा बिहीबार दिउँसो प्रदर्शनका क्र ...

गोलबजार झडपका घाइते एक जनालाई धरान पठाइयो

सिरहा । गोलबजारमा बिहीबार दिउँसो भएको प्रदर्शनका क्रममा ...

गोलबजारको एबी मलमा सहित एक दर्जन घरमा आगजनी

सिरहाको गोलबजारमा आगजनी र तोडफोडका घटनाहरू बढ्न थालेका ...

गोलबजारमा गोली लागेका एक जनाको मृत्यु

सिरहा । सिरहामा भएको झडपका क्रममा गम्भीर घाइते भएका एक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब