सप्तरीमा डिजेलको नामउमा तस्करले मदिरा तस्करी गरी नेपालबाट भारत लगरिरहको अवस्थामा घरेलु मदिरा सहित डिजेल र मोटसाईकल प्रहरीले बरामद गरेको छ ।
पछिल्लो पटक लकडाउनको मोका छोपी सप्तरीको विभिन्न सिमावती नाकामा अबैध तस्करि बढेको छ । सप्तरीको छिन्नमस्ता नाकामा डिजलको नाउमा अबैध घरेलु मदिरा तस्करि गरिरहेको अवस्थामा प्रहरीले घरेलु मदिरा नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरी टोलिले नेपालबाट अबैध रुपमा डिजलको नाममा घरेलु मदिरा तस्करी गरिरहेको अवस्थामा मदिरा सहित मोटरसाइकल बरामद गरेको छ ।
प्रहरीले घरेलु मदिरा ५० लिटर ,डिजेल ६० लिटर र सुपर स्पेलेण्डर को.३८ प ८७७५ को मोटरसाइकल समेत सप्तरीको छिन्नमस्ता गा.पा. वडा नं. २ रम्पुराको झोलुङगे पुलबाट बरामद गरेको इलाका प्रहरी कार्र्यालय सखडाका इन्चार्ज कल्याण आले मगरले जानकारि दिनुभयो ।
उहाका अनुसार नेपालबाट भारततर्फ लगिदै गरेको अवस्थामा मदिरा, डिजेल र मोटरसाइकल छोडेर भागेको प्रहरीले जनाएको छ । यता बरामद गरिएको अबैध मदिरा ,डिजल र मोटरसाइकललार्इ आवश्यक अनुसन्धानको लागि राजविराज भन्सार कार्यालय तिलाठि बुझाउने तथा तस्करको खोजि कार्य तिव्र रुपमा भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved