यी हुन् सबैभन्दा लामो यौनाङ्ग भएको दाबी गर्ने ३ पुरुषहरु

  • वैशाख २८, २०७७ | ६५५ पटक पढिएको |
alt

के साइजले फरक पार्छ ? हो, कम्तिमा यी पुरुषहरुका लागिचाहिँ उनीहरुको यौनाङ्गको आकारले अवस्य पनि फरक पारिरहेको छ ।

आफ्नो यौनाङ्ग विश्वकै सबैभन्दा ठूलो लिङ्ग भएको दाबी उनीहरु गर्दछन् । त्यसरी दाबी गर्नेमध्ये एकजना पुरुषको यौनाङ्गको लम्बाई त १८ इन्च रहेको छ ।
निकै नै ठूलो यौनाङ्ग हुनु उनीहरुको सौभाग्य हो भन्ने ठान्छन् धेरै जना । तर उनीहरुको गुनासोचाहिँ बेग्लै छ।

उनीहरुमध्येका एकजना पुरुष आफ्नो अति नै लामो यौनाङ्गकै कारण हलिउडमा प्रवेश गर्ने सपना तुहिएको बताउँछन् । हलिउड फिल्म निर्देशकले लामो यौनाङ्ग असोभनीय हुने र त्यसले दर्शकलाई विकर्षण पैदा गर्न सक्ने भन्दै उनलाई फिल्ममा अभिनय गर्नबाट रोके ।

लामो लिंग हुने अर्का व्यक्तिचाहिँ यौनाङ्गकै कारण आफू राम्रोसँग हिँडडुल गर्न नपाउने हुँदा आफ्नो नाम अपाङ्गको सूचीमा दर्ता गराउने सोचिरहेका छन् ।

अर्का एकजनालाई त ठूलो यौनाङ्गकै कारण एकपटक कुनै पसलमा सामान चोरी गरेको आरोपसमेत लाग्यो । असामान्य तरिकाले बाहिर देखिएको सुरुवालको भागमा उनले पसलको सामान चोरी गरेर हालेका होलान् भन्ने पसल धनीले सोचे । तर वास्तवमा त्यो चोरीकेा सामान नभई उनको आफ्नै गोप्य अङ्ग थियो ।

आफूलाई विश्वको सबैभन्दा ठूलो यौनाङ्ग भएको दाबी गर्ने केही व्यक्तिहरुको विवरण यस्तो छः

  •  जोहान फाल्कोन : उनी अमेरिकाको न्युयोर्कका बासिन्दा हुन् । कलाकार समेत रहेका फाल्कोनको यौनांगको लम्बाई साढे १३ इन्च छ । लामो यौनांगकै कारण आफ्नो हलिउड यात्रामा धक्का लागेको उनी बताउँछन् ।
  •  रोबेर्टो इस्क्विभेल क्याबरेरा : मेक्सिकोको साल्टिलोमा बस्ने क्याबरेराको यौनाङ्गको लम्बाई १८.९ इन्च रहेको छ । भिमकाय यौनाङ्गका कारण उनले जीविकोपार्जनका लागि गर्नुपर्ने कामहरु समेत गर्न सकिरहेका छैनन् । साथै यौनाङ्गकै कारण सरीरको तल्लो भागमा कपडा लगाउनसमेत गाह्रो हुने भएकाले हिँडडुल गर्नसमेत उनलाई अप्ठेरो छ । त्यसैले आफ्नो नाम अपाङ्गको सूचीमा दर्ता गर्नका लागि उनले निवेदन दिए । सुरुमा त सरकारी निकायले उनलाई अपांगको सूचीमा दर्ता गर्न मानेन । तर अन्ततः उनले अपाङ्गको सूचीमा दर्ता हुन सफल भएका छन् । आफ्नो भिमकाय यौनाङ्गका कारण जो कोही महिला आफूसँग यौनकार्य गर्न डराउने गरेको उनी बताउँछन् ।
  •  स्टिभह्वाइटहर्स्ट : बेलायतको स्ट्रोक अन ट्रेण्ट नामक सहरका बासिन्दा स्टिभ पनि विश्वका सबैभन्दा ठूलो यौनांग भएका व्यक्तिमध्ये एक हुन् । ठूलो यौनांगकै कारण लगाएको सुरुआत उक्सिँदा उनलाई एकपटक सुपर मार्केटमा सुरुवालभित्र सामान लुकाएको आरोपसमेत लाग्यो । आफूले सुरुवालभित्र सामान नलुकाएको प्रमाण दिनका लागि उनले आफ्नो सुरुवाल नै खोल्नुपरेको थियो । सुरुवालभित्रबाट असामान्य रुपमा उक्सिएको चिज चोरीको सामान नभई उनको आफ्नै यौनाङ्ग भएको थाहा पाएपछि सुपरमार्केटका कर्मचारीको सातो गएको थियो । मिरर डट को डट युकेबाट

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब