सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्करलाई रामराज्य

  • वैशाख ८, २०८३ | ६० पटक पढिएको | सीमा संदेश
alt

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र लेनदेनसहितको मोवाइल संवादका घटना चरणवद्ध रुपमा सार्वजनिक हुन थालेको छ ।

सप्तरीमा प्रहरी उपरिक्षक -एसपी) गौतमकुमार केसीले सर्वसाधारणलाई गालीगलौज र धम्क्याएको फोन संवाद भाइरल भए लगत्तै धनुषामा तस्कर र प्रहरीबीचको लेनदेन मिलाउने बारेमा भएको मोवाइल संवाद सार्वजनिक भएको छ ।

सप्तरीको घटना छानबिनका लागि मधेश प्रदेश प्रहरी कार्यालयले समिति गठन गरी कारबाही अघि बढाएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका एसएसपी कमल थापाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको जनाइएको छ ।

तर धनुषामा भने प्रहरी–प्रहरीबीच आर्थिक लेनदेनको विषय नमिल्दा विवादले अर्कै मोड लिएको छ । मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाको नाममा हुने गरेको आर्थिक चलखेलसंग जोडिएको मोवाइलमा गरिएको तस्कर र प्रहरीबीचको संवाद बाहिरिएपछि लेनदेनका अनेकौ रहस्य खुलेको छ ।

मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी थपलियाको नाममा तस्कर राजीव महासेठले आफूसहित अन्य व्यापारीसंग रकम असुली गरेको र उक्त रकम डीआईजी थपलियाद्वारा तोकिएका प्रहरीलाई दिएको भन्ने जस्ता मोवाइल संवादबाट खुलेको छ ।

घटना सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत्त वरिष्ठ सई सागरसमशेर राणालाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले कारबाही गरेको छ । उनलाई तत्कालका लागि निलम्बन गरिएको डीआईजी थपलियाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुसन्धान तथा विश्लेषण शाखामा कार्यरत वरिष्ठ सई सागरसमशेर राणालाई लेनदेनमा दोषी ठहर गर्दै कारबाहीको प्रारम्भिक चरणमा निलम्बन गरिएको छ ।

राणाले आफूमाथि लाञ्छना लगाएको दाबी गरेका छन् । उनले डीआईजीको प्रयासबाट जोगिन व्यापारी महासेठलाई फोन गरेको सार्वजनिक भएको संवादबाट पुष्टि हुन्छ । उक्त विवादका कारण मधेश प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरीबीच मतभेदसमेत उत्पन्न भएको देखिन्छ । तर धनुषा प्रहरीले भने सो कुराको खण्डन गरेको छ ।

डीआईजी थपलियाले आफूलाई बदनाम गर्न राणाले मोबाइलमा गरेको संवाद सार्वजनिक गरेको आरोप लगाएका छन् ।घटनामा आफ् नो कुनै संलग्नता नरहेकोदावीगर्दै वरिष्ठ सईलाई थप कारवाहीको प्रकृया अगाडी बढाइने उनले बताएका छन् । मोबाइल संवादमा सई जयलाल यादव र अर्का सई गो्पाल थापा मगर रहेका छन् ।

यादव धनुषामा प्रहरी जवान रहेदेखि नै घुमुवाको धन्धागर्दै आएका छन् ।धनुषा जिल्लाको इनर्वा नाकाबाट तस्करी गर्ने महासेठसित यादवको पुरानो संगत रहेको बताइन्छ ।मगरपनि असुलीमा अग्रता लिएका छन् । प्रहरी स्रोतहरुका अनुसार महासेठको दैनिक ५० भन्दा बढी मोटरसाईकल तस्करीमा लागेको हुन्छ ।

भारतबाट नेपाल र नेपालबाट भारतमा अबैध रुपमा मालसमान तस्करी गर्नेहरु मध्ये महासेठ सबै भन्दा ठूला मानिन्छ । सरकारले सर्वसधारणका लागि सय रुपैयाँको मालसमान भन्दा बढी भन्सार बिना ल्याउन नहुने सीमा तोकेको बेला तस्करहरुका लागि रामराज्य भएको छ । त्यस्तै सप्तरीमा भएको घटनालाई लिएर मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाले संवादको विषयमा छानबिन गर्न समितिलाई जिम्मेवारी दिइएको बताए ।

आइतबार बिहानदेखि सामाजिक सञ्जालमा भाइरल भएको संवाद अनुसार एसपी केसी र तिलाठी कोइलाडी गाउँपालिका–४ का स्थानीय संचारकर्मी प्रह्लाद सिंहबीच कुराकानी भएको हो । उक्त संवादमा केसीले राजविराज नगरपालिका–३ का मुस्तकिम आलमलाई ‘ठिक ठाउँमा ल्या, होइन भने.’ हान्दिन्छु’ भन्दै गालीगलौज गरेका छन् ।

सिंहलाई धम्क्याउँदै एसपी केसीले आलममाथि अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको संवादमा सुनिन्छ । संवाद सार्वजनिक भएपछि एसपी केसीको चौतर्फी आलोचना भइरहेको छ । आलमले सामाजिक सञ्जालमा अन्यायविरुद्ध आवाज उठाउँदा एसपी केसीले आफूलाई फोन गरेरै धम्क्याएको बताए । उनले समग्र घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने मागसमेत गरे ।

सप्तरीका एसपी केसीले रातिको बेला सिंहले नै फोन गरेको स्वीकार गरे पनि आफूले गालीगलौज वा धम्की नदिएको दाबी गरे ।

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

वैशाख ८ गते मंगलबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल वैशाख ८ गते । मंगलबार । इ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब