लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

  • वैशाख ८, २०८३ | ६८ पटक पढिएको | सीमा संदेश
alt

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम निर्माणकार्य सुरु भएको छ। लहानको मुख्य बजारदेखि करिब आठ किलोमिटर उत्तर–पश्चिम, धार्मिक पर्यटकीय स्थल मानिकदह जाने बाटोमा सरे खोलाको दक्षिणी किनारमा रहेको १० कठ्ठा जग्गामा सोमबार धार्मिक विधिपूर्वक भूमिपूजा गरी निर्माणकार्य सुरु गरिएको हो।

वृद्धाश्रम निर्माणस्थलको करिब तीन सय मिटर पश्चिमतर्फ कृष्ण मन्दिर निर्माणकार्य पनि भइरहेको छ। मन्दिर र वृद्धाश्रमको बिचमा पोखरी खनी त्यसमा गोल (जाइठ) राख्ने पूजा समेत गरिएको छ। उक्त कार्यक्रममा वडा नं. २४ का वडाध्यक्ष रासलाल राय, लहान नगरप्रमुख महेशप्रसाद चौधरी तथा वृद्धाश्रम निर्माणका लागि पहल गर्ने महिला मानवअधिकारकर्मी रीता महतोले संयुक्त रूपमा भूमिपूजा गर्नुभयो।

वृद्धाश्रम निर्माणका लागि लहान नगरपालिकाले १० कठ्ठा जग्गा उपलब्ध गराएको छ भने भौतिक पूर्वाधार कार्यालयबाट चालु आर्थिक वर्षमा २५ लाख रुपियाँ विनियोजन गरिएको छ। थप बजेटका लागि वडा कार्यालय, नगरपालिका तथा मधेश प्रदेश सरकारसँग समन्वय गरिने नगरप्रमुख चौधरीले जानकारी दिनुभयो।

लहान–२४ मा रहेको धार्मिक पर्यटकीय स्थल मानिकदहसम्म पुग्न सरे खोलामा पुल निर्माण अन्तिम चरणमा पुगेको छ। सो क्षेत्रमा कृष्ण मन्दिर निर्माण, स्थानीय कृषकको मागअनुसार हाटबजार सञ्चालनको तयारीलगायत गतिविधिले विकासले गति लिएको स्थानीय मानवअधिकारवादी राजकुमार राउतले बताउनुभयो।

वडाध्यक्ष रायका अनुसार सडक, खानेपानी, पर्यटकीय स्थल मानिकदहमा मन्दिर निर्माण, सिँचाइ, अस्पताल तथा विद्यालयजस्ता पूर्वाधार विकासका काम जनचाहनाअनुसार अघि बढिरहेका छन्। पुल निर्माणमा स्वर्गीय पूर्व सांसद प्रदीप गिरीको योगदान, साथै मानवअधिकारकर्मी राजकुमार राउत र रीता महतोको भूमिका सराहनीय रहेको स्थानीयवासीले कार्यक्रममा उल्लेख गरेका थिए।

वृद्धाश्रम र कृष्ण मन्दिर निर्माणस्थलमा केही दिनअघि स्थानीयवासीले श्रीमद्भागवत ज्ञान महायज्ञ सम्पन्न गरी सो क्षेत्रको नाम ‘पुलचोक’ राखिएको अर्का स्थानीय बलिराम यादवले जानकारी दिनुभयो।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

वैशाख ८ गते मंगलबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल वैशाख ८ गते । मंगलबार । इ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब