वैशाख ७ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
- वैशाख ७, २०८३ | ९९ पटक पढिएको | सीमा संदेश
आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल वैशाख ७ गते । सोमबार । इस्वी सन् २०२६ अप्रिल २० तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४८ । वैशाख शुक्लपक्ष । तिथि–तृतीया, १३ घडी ५३ पला, बिहान ११ बजेर १० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र–कृतीका, ६ घडी १४ पला, बिहान ८ बजेर ६ मिनेट उप्रान्त रोहिणी । योग–सौभाग्य, ३६ घडी १० पला, बेलुकी ८ बजेर ५ मिनेट उप्रान्त शोभन । करण–गर, बिहान ११ बजेर १० मिनेट उप्रान्त वणिज, बेलुकी ९ बजेर ५७ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–वृष ।काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ३७ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ३० मिनेट । दिनमान ३२ घडी १४ पला ।
दिन विशेष : अक्षय तृतीया, धर्मघटादिदान, त्रेतायुगादि, लुभु महालक्ष्मी भैरव यात्रा, तनहुँ दभुङ्ग, श्रीचण्डीदेवी पूजा, शिवपार्वती विवाह महोत्सव, बैतडी विश्वनाथ धाममा अक्षय कुम्भ मेला
आजको बार बेला ।
- बिहान ५ बजेर ३७ मिनेटसम्म अमृत बेला ।
- बिहान ५ बजेर ३८ मिनेटदेखि बिहान ७ बजेर १४ मिनेटसम्म काल बेला ।
- बिहान ७ बजेर १५ मिनेटदेखि बिहान ८ बजेर ५० मिनेटसम्म शुभ बेला ।
- बिहान ८ बजेर ५१ मिनेटदेखि बिहान १० बजेर २७ मिनेटसम्म रोग बेला ।
- बिहान १० बजेर २८ मिनेटदेखि बिहान १२ बजेर ४ मिनेटसम्म उद्वेग बेला ।
- दिउँसो १२ बजेर ५ मिनेटदेखि दिउँसो १ बजेर ४० मिनेटसम्म चर बेला ।
- दिउँसो १ बजेर ४१ मिनेटदेखि दिउँसो ३ बजेर १७ मिनेटसम्म लाभ बेला ।
- दिउँसो ३ बजेर १८ मिनेटदेखि बेलुकी ४ बजेर ५४ मिनेटसम्म अमृत बेला ।
- बेलुकी ४ बजेर ५५ मिनेटदेखि बेलुकी ७ बजेर ५४ मिनेटसम्म चर बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान ७ बजेर १३ मिनेटदेखि बिहान ८ बजेर ५० मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।
ब्रहा मुहुर्त
बिहान ४ बजेर १ मिनेटदेखि बिहान ३ बजेर ४९ मिनेटसम्म ब्रहा मुहुर्त रहनेछ ।
आजको राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) असजिलो परिस्थितिलाई बुद्धिमत्ता पूर्वक सहजतामा ढाल्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो हुनेछ भने जीवन साथीको सहयोगले उत्पादनमूलक काम गर्न सकिनेछ । पारिवारिक सभा समारोहका सहभागी भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । कलाकारिता तथा फिल्मी क्षेत्रमा समय लगानी गर्नेहरूको नाम तथा दाम दुवै कमाउने ग्रहयोग रहेको छ । व्यापार तथा शेयर बजारमा लगानी गर्नेहरूका लागी आजको समय उत्तम रहेको छ ।
- वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नयाँ कामको प्रस्ताव आउनेछ भने गरिरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन प्राप्त हुनेछ । खाजीमूलक क्षेत्रमा रुचि बढ्नेछ भने अध्ययनमा भनेजस्तो सफलता चुम्न सकिनेछ । सामाजिक काम गरी इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ । पुँजी बजारमा गरिएको लगानीबाट नाफा कमाउन सकिनेछ । शुभ तथा माङ्गलिक कार्यमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्य सामाग्री तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य बृद्धि हुनेछ । विदेशमा उत्पादित सामानको व्यापारबाट मनग्गे आर्जन गर्न सकिनेछ । लामो दुरीको विदेश यात्राको योग रहेको छ भने विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाइनेछ । प्रेम सम्बन्ध सफल रहनेछ । अध्ययनमा मन जाने तथा प्रविधिको प्रयोग मार्फत थप ज्ञान आर्जन गर्न सकिनेछ । ऋण, रोग तथा शत्रुबाट छुटकारा पाइनेछ । पारिवारिक वा माङ्गलिक कार्यमा सहभागी भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुनेछ । व्यापार, औद्योगिक क्षेत्र तथा शेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । शत्रु तथा प्रतिस्पर्धीहरू परास्त हुनेछन् । विद्या तथा प्रतिस्पर्धामा तपाईँकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यवसायमा लगानी गरी भनेजस्तो नाफा कमाउन सकिनेछ । सामाजिक कामहरू बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ ।
- सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) फुर्सदको समयमा सामाजिक काम गर्ने वातावरण बन्ने तथा मानसम्मान, इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ । खाद्यान्न, निर्माण सामाग्री, अटोपार्टसको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । विवादित विषयहरू हल भएर जाने तथा पुराना समस्याहरू केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । पारिवारिक वा सामाजिक माहोलमा मिष्ठान्न भोजनको स्वाद लिँदै समय व्यतित गर्न सकिनेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ भने मन्दिर तथा धार्मिक प्रतिष्ठान तिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार तथा शेयर बजारको फस्टाएर जानेछ । नयाँ ठाउँमा लगानी गर्ने वातावरण बन्नेछ । माया प्रेममा नजिक भई आफ्ना आवना साटासाट गर्ने अवसर जुर्नेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईँका सहभागिता उच्च स्तरको रहनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा अग्रजहरूको सहयोग पाइने हुनाले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यवसायमा लगानी बढाई भनेजस्तो आम्दानी हुनेछ भने दैनिकी सहज रूपमा व्यतित हुनेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने जीवन साथीको सहयोगले अगाडी बढ्न हौसला मिल्नेछ । नसोचेको धन सम्पत्ति प्राप्त हुने योग रहेको छ । सामाजिक वा पारिवारिक माहोलामा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
- बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार तथा शेयर बजारमा उच्च प्रतिफल हात पार्न सकिनेछ भने व्यापारकै सिलसिलामा रमाइलो यात्रा गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने जीवन साथीको सहयोग पाइनाले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा नतिजा आफैतिर ल्याउन सकिनेछ । अतिथिको रूपमा सम्मान पाइनुको साथै रमाइलो घुमघामको समेत अवसर आउनेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्रतिस्पर्धी तथा सहपाठीहरूलाई किनारा लगाउँदै पढाइ लेखाइमा नतिजा हात पार्न सकिनेछ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्बन्धी समस्या झेल्नेहरूले मुक्ति पाउने समय रहेको छ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखी रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाइनेछ । वित्तीय बजार तथा व्यापारमा गरिने लगानीबाट नाफा कमाउन सकिनेछ ।
- मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) शुभचिन्तक तथा आफन्तको साथ सहयोगले उपलव्धीमुलक कामहरू गर्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत चेतनाको स्तर उकास्न सकिनेछ । माया प्रेमको गाँठो सकिनेछ । शिक्षा क्षेत्रसँग सम्वन्धीत व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । राज्यको नजिक भएर काम गर्नेहरूले पद पाउने योग रहेको छ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । आफन्त तथा आमाको साथ पाइने हुनाले मन प्रसन्न हुनेछ । पढाइ लेखाइ तथा खोजमूलक काममा आन्तरिक यात्रा हुनेछ । माया गर्ने मान्छे पाइने तथा प्रेममा नजिक हुन सकिनेछ । समाजमा सबैलाई चित्तबुझ्दो काम गरी नाम कमाउन सकिनेछ । कृषि तथा पशुपालन पेसा व्यवसाय गर्नेहरूका लागी समयले साथ दिनेछ । राजनीतिकर्मीका लागी आजको दिन उत्तम रहेको छ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समय तथा भाग्यले साथ दिने हुँदा सानो लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । पराक्रमी तथा पुरुषार्थी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । सूचना प्रविधिको प्रयोग मार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाइ तथा आफन्तको सहयोग पाइनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । शेयर बजार, अनलाइन व्यापार, निर्माण सामाग्री तथा बिलासी सामानको व्यापारमा लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ ।
तपाईँको दिन शुभ रहोस् ।