चामलमा विषको मात्रा अत्यधिक

  • वैशाख ८, २०८३ | २३१ पटक पढिएको | सीमा संदेश
alt

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायनिक विषादीले किसानको स्वास्थ्यसंगै उपभोक्ताको भान्सासम्म गम्भीर संकट निम्त्याइरहेको एक अध्ययनले देखाएको छ ।

विभिन्न जिल्लामा व्यावसायिक धान उत्पादन गर्ने किसानमा गरिएको सर्वेक्षण र बजारबाट संकलन गरिएका चामलका नमूनाहरूको प्रयोगशाला परीक्षणले नेपालको कृषि क्षेत्रमा विषादी व्यवस्थापनको भयावह अवस्था सार्वजनिक गरेको छ । नेपालमा धान खेतीमा प्रयोग हुने विषादी र त्यसले मानव स्वास्थ्यमा पार्न सक्ने जोखिमबारे गरिएको वैज्ञानिक अध्ययनले डरलाग्दो तथ्य बाहिरिएको छ ।

यस अध्ययनले नेपालको कृषि र जनस्वास्थ्यमा ‘विषादीको बम’ विष्फोट हुने अवस्थामा रहेको संकेत गरेको छ । भारतको ‘काउन्सिल अफ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च–इन्डियन इन्स्टिच्युट अफ टक्सिकोलोजी रिसर्च’ को सहकार्यमा ‘प्रोग्रेसिभ सस्टनेवल डिभलपर्स नेपाल’ ले नेपालमा धानमा विषादीको प्रयोग र किसानको सुरक्षा विषयमा गरेको अध्ययन प्रतिवेदनले यस्तो तथ्य बाहिर ल्याएको छ । नेपालको तरकारी र सागमा खानै नसकिने गरी अनियन्त्रित रुपमा विषादीको प्रयोग भइरहेको अवस्थामा पछिल्लो समयमा भान्छामा दैनिक रुपमा पाक्ने चामलमा समेत प्रतिवन्धित विषादीको मात्रा अत्यधिक परिमाणमा पाउन थालिएको प्रतिवेदन सार्वजनिक भएको छ ।

अध्ययनको सबैभन्दा डरलाग्दो पक्ष भनेको नेपाल सरकारले प्रतिबन्ध लगाएको ‘क्लोर्पाइरिफोस’ नामक विषादीको प्रयोग अझै पनि भइरहनु हो । यो विषादी मानव स्वास्थ्यका लागि अत्यन्तै घातक मानिन्छ । सन् २०२५ जुन ६ मा प्रकाशित ‘थ्योरी अफ प्लान्ड बिहेभियर’ (टीपीबी) मा आधारित उक्त अध्ययनले नेपाली बजारमा पाइने ८३ प्रतिशत चामलका नमूनामा विषादीको अवशेष अत्यधिक मात्रामा पाइएको देखाएको छ ।

यस अध्ययनले कृषि क्षेत्रमा विषादीको अनियन्त्रित प्रयोगलाई कडाईका साथ नियमन गर्न ढिला भइसकेको संकेतसमेत गरेको छ । काठमाण्डुको चामलमा सबैभन्दा बढी विषादी, बासमती चामलमा अत्यधिक अनुसन्धानका क्रममा काठमाडौं, भक्तपुर र ललितपुर गरी तीन जिल्लाबाट चामलका नमुनाहरू संकलन गरिएको थियो ।

अध्ययन अनुसार ८३ प्रतिशत नमुनाहरू विषादीबाट प्रदूषित पाइएका छन् भने ८० प्रतिशत नमुनामा दुई वा बढी प्रकारका विषादीका अवशेषहरू भेटिएका छन् । अध्ययनका अनुसार चामलमा मुख्य रूपमा ट्राइसाइक्लाजोल, थायामेथोक्साम र टेबुकोनाजोलजस्ता विषादीहरू बढी मात्रामा पाइएका छन् ।

प्रतिवेदन अनुसार चामलमा विभिन्न ११ प्रकारको विषादीको अवशेषसमेत फेला परेको छ । अध्ययनको क्रममा चामलको नमूनामा किटनाशक, ढुसीनाशक, मुसा मार्नेलगायतका औषधिका साथै प्रतिवन्धित विषादीको परिमाणसमेत फेला परेको प्रतिवेदनले उल्लेख गरेको छ । ‘आलुमिनम फस्फाइड’ र ‘क्लोरपाय्रिफोस’ जस्ता घातक विषादीहरू किसान र व्यापारीहरूले सामान्य रूपमा प्रयोग गरिरहेको पाइएको छ ।

संकलन गरिएको चामलको नमूना अत्याधुनिक प्रयोगशालामा परीक्षण गरिएको थियो । जसले चामलमा उपस्थित रहेका ५१ प्रकारको विषादीको सूक्ष्म विश्लेषण गरिएको थियो । यस तथ्यांकले हामीले दैनिक रुपमा शरीरलाई पोषण दिने भनेर खाने चामल कति असुरक्षित छ भन्ने देखाउँछ । विशेष गरी बासमती चामलमा गैर– बासमतीको तुलनामा विषादीको मात्रा अझ बढी पाइएको रिपोर्टमा उल्लेख छ ।

विषादीको मारमा किसान अध्ययनले किसानहरूले विषादी प्रयोग गर्दा अपनाउने सुरक्षा सतर्कता खासै अपनाएको देखिएन । अध्ययनको क्रममा किसानहरुले विषादी छर्कने क्रममा अपनाउनुपर्ने सुरक्षाका साधनहरु मास्क, पञ्जा, बुटलगायतको प्रयोग नगरेको पाइएको छ । कतिपय किसानले विषादी प्रयोग गरेपछि त्यसको बट्टा खेतबारीमै र पानीको स्रोत नजिकै फाल्ने गरेको पनि अध्ययनको क्रममा फेला परेको छ ।

आँखा पोल्ने, बान्ता हुने, झाडापखाला लाग्ने, दृष्टिमा धमिलोपनजस्ता समस्याहरु पनि देखापरेका छन् । अधिकांश किसान विषादी विक्रेताको सल्लाहको भरमा खेतिपाती गर्दै आएको पनि प्रतिवेदनले उल्लेख गरेको छ । यस्तै छिमेकी किसानले प्रयोग गरेको र बिक्रेताको दबाब र निर्देशनअनुसार विषादी प्रयोग गर्ने गरेको पनि उल्लेख गरिएको छ ।स्वास्थ्य जोखिम न्यून तर सतर्कता आवश्यक अध्ययनले अनियन्त्रित, आफुखुशी, प्रतिबन्धित र सीमाभन्दा बढी परिमाणमा प्रयोग भइरहेको विषादीहरुका कारण मानव शरीरमा हर्मोन, स्नायु र प्रजनन प्रणालीमा असर पु¥याउने उल्लेख गरेको छ ।

अत्यधिक विषादीयुक्त खाद्यान्न, तरकारी, साग वा फलफूलको नियमित रुपमा सेवन गर्दा वा त्यस्ता विषादीको नियमित असुरक्षित रुपमा सम्पर्कमा आउँदा आम उपभोक्ताको शरीरमा दीर्घकालीन रुपमा क्यान्सर, मृगौला फेल, हर्ट अट् याक -हृदयघात), रोगविरूद्धको प्रतिरोधी क्षमता घटाएर कलेजो बिग्रने, ब्रेन ट्युमर हुने, गर्भ तुहिने जस्ता समस्या आउन सक्ने चेतावनी समेत दिइएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार वर्षेनी विश्वभर ४० लाखभन्दा बढी व्यक्ति यस्ता विषादीका कारण प्रभावित हुँदै आएका छन् । त्यसमध्ये करिब ३ लाख जनाको विषादीका कारण मृत्यु हुने गरेको छ । तरकारी र सागमा हुन्छ ८५ प्रतिशतसम्म बिषादीको प्रयोग सरकारको तथ्याँकअनुसार नेपालमा वार्षिक साढे ६ सयदेखि १२ सय मेट्रिक टनको हाराहारीमा खास बिष अर्थात बिषादीको आयात हुने गरेको छ ।

त्यसरी भित्रिने विषादीहरू करिब १७० प्रकारका हुन्छन् । तीमध्ये दुई तिहाइभन्दा बढी अर्थात झण्डै ८५ प्रतिशतसम्म त हरियो तरकारीमा उत्पादन गर्ने क्रममा किसानहरुले प्रयोग गर्दै आउने खालका छन् । बाँकी करिब १५ प्रतिशत विभिन्न प्रकारका खाद्यान्न बालीमा प्रयोग हुन्छ ।

छठ पर्वका अवसरमा प्रधानमन्त्री बालेन जनकपुरधाम आउ

प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ छठ पर्व ...

कोशी ब्यारेजको विकल्पमा नयाँ पुल बन्ने

कोशी ब्यारेज पुलको विकल्पका रूपमा सप्तकोशी नदीमाथि नयाँ ...

जनकपुर–अयोध्या रेल सेवा अन्तिम तयारीमा, दुवै देशका

नेपालको धार्मिकस्थल जनकपुरधामदेखि भारतको अयोध्यासम्म वि ...

कार्तिक १४ गते शनिबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक १४ गते । शनिबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब