सांसद यादव अपहरण काण्डको जनकपुरबाट अनुसन्धान सुरु

  • वैशाख २८, २०७७ | २४४ पटक पढिएको |
alt

जनता समाजवादी पार्टी नेपाल सांसद तथा पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवको अपहरण काण्डको अनुसन्धान सुरु भएको छ । नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाल र नेकपाका सांसदद्वय महेश बस्नेत तथा किसान श्रेष्ठले आफ्नो अपहरण गरेको आरोप लगाउँदै डा. यादवले दिएको जाहेरीअनुसार प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्याएर सांसद डा.यादवको अपहरण भएको भन्दै तत्कालीन समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले आरोप लगाएका थिए । पार्टी फुटाउने उद्देश्यले अपहरण गर्न काठमाडौँबाट पूर्वआईजीपी खनालसहित नेकपाका सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ सांसद डा.यादवको घर पुगेको पार्टीको आरोप छ ।

यादवको अपहरण भएको भनिएको मध्यरातमै समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भई जनता समाजवादी पार्टी गठन पछि सांसद डा.यादव होटल मेरियटबाट भागेर संघीय अध्यक्ष डा.भट्टराईको सम्पर्कमा गएका थिए ।

प्रहरी निरीक्षक देवीप्रसाद पौडेल नेतृत्वको टोलीले अपहरण काण्ड घटनाको अनुसन्धान जनकपुरबाटै सुरु गरेको छ । प्रहरी निरीक्षक पौडेल नेृतत्वको टोलीले आइतबार जनता समाजवादी पार्टीका नेता शेषनारायण यादवसँग २ घण्टा सोधपुछ गरेको स्रोतले बताएको छ । टोलीले जिल्ला प्रहरी कार्यालय धनुषामा बोलाएर नेता यादवसँग सोधपुछ गरेको हो ।

सांसद डा.यादवले दिएको जाहेरीमा मुख्य साक्षीसमेत रहेका नेता यादवले काठमाडौँबाट आएको टोलीले अपहरण काण्ड घटनाबारे आफूलाई २ घण्टा सोधपुछ गरेको स्वीकार गरे ।

पूर्वआईजीपी सहितको टोलीले सांसद डा. यादवलाई जनकपुरबाट काठमाडौँ लग्ने क्रममा उनले सबैभन्दा पहिले बाटोबाट नेता यादवलाई फोन सम्पर्क गरेका थिए ।

यसअघि अनुसन्धान टोली शनिबार महोत्तरीको सम्सी गाउँपालिका वडा नम्बर ४ स्थित गैढाभेटपुरमा रहेको सांसद डा.यादवको घर समेत पुगेको थियो । सो टोलीले सांसद डा.यादवको गाउँ पुगेर त्यहाँका स्थानीयवासीहरुसँग समेत सोधपुछ गरेको छ ।

नेकपाका केन्द्रीय सदस्य सरोज यादवसहित अनुसन्धान टोली गैढाभेटपुर पुगेको सांसद डा. यादवको सालो समेत रहेका स्वकीय सचिव सञ्जय यादवले जानकारी दिए । उनले नेकपाका केन्द्रीय सदस्य सरोज यादवलाई बोकेर हिँड्ने टोलीले घटनाको सही अनुसन्धान गर्नेमा आफुलाई शंका रहेको पनि बताए ।

सो टोलीले घटनास्थलले मुचुल्कामा घटना भएको समय, मिति, स्थानको विवरण सहित अपहरण काण्डसँग सम्बन्धितसँगको बायन समावेश गरेको छ । टोलीले काठमाडौँ जाँदै गर्दा उनीहरु बसेको तथा खाना खाएको भनिएको महोत्तरीको बर्दिवासस्थित गौतम होटल पुगेर पनि मुचुल्का उठाएको छ ।

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब