एम्बुलेन्समा भारतीय नागरिकलाई नेपाल भित्र्याउनेलाई कारबाही

  • वैशाख २९, २०७७ | २५४ पटक पढिएको |
alt

बाराको विश्रामपुर गाउँपालिकाको एम्बुलेन्समा यात्रु बोक्ने चालकसहित दुईजना कारबाहीमा परेका छन् ।
एम्बुलेन्स चालक बाराको बिश्रामपुर गाँउपालिका- २ बस्ने २४ वर्षीय राजन पटेल र सोही पालिकाको वडा नं.३ बस्ने २७ वर्षीय अनिल पटेल कारबाहीमा परेका हुन् ।

करोना संक्रमण नियन्त्रण र रोकथामका लागि देशभर लकडाउन चलिरहेको समयमा एम्बुलेन्समा यात्रु बोकी ओसारपसार गरिरहेको अवस्थामा उनीहरुलाई दुई दिनअघि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।

भारतीय ब्यक्तिलाई एम्बुलेन्समा राखी नेपाल प्रवेश गराउँदै गरेको अवस्थामा बोर्डर आउटपोष्ट बरैनियाको टोलीले उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

भारतको पटना घर भई काठमाडौंमा बस्ने ४५ वर्षीय अमृत कुमारलाई उनीहरुले बारा विश्रामपुर गाउँपालिका-३ स्थित मुसर्वा नाकाबाट नेपाल प्रवेश गराएका थिए । एम्बुलेन्ससहित नियन्त्रणमा लिई सशस्त्र प्रहरीले प्रहरी चौकी बलिरामपुरको जिम्मा लगाएको थियो ।

भारतीय नागरिकलाई भने भारतीय समकक्षी एसएसबी ४७ बटालियन डि कम्पनीलाई बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक दिग विजय सुवेदीले जानकारी दिए । ‘बिरामी बोक्ने एम्बुलेन्समा भाडा लिएर भारतीय यात्रुलाई सीमा नाका कटाउन खोजेका रहेछन्,’ उनले भने, ‘हामीले नियन्त्रणमा लिएर भारतीय नागरिकलाई समकक्षीको जिम्मा लगायौं, एम्बुलेन्स चालकसहित दुई जनालाई कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगायौं ।’

बिरामी बोक्ने एम्बुलेन्समा यात्रु ओसार्ने उनीहरु विरुद्ध प्रहरीले जिल्ला प्रशासन कार्यालय बारामा अभऽ व्यवहार मुद्दा दर्ता गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको इजलासलेे आइतबार चालक राजनसँग ७ हजार र सञ्चालक अनिलसँग २८ हजार धरौटी माग गरेको छ । दुवै जनाले धरौटी रकम बुझाएर तारिखमा छुटेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब