महिलाले छुन नमिल्ने रहस्यमय गोल्डेन रक

  • जेठ १, २०७७ | २१७ पटक पढिएको |
alt

दक्षिणपूर्वी एसियाली देश म्यानमारमा एउटा यस्तो रहस्यमय विशाल ढुंगा छ जुन चामत्कारिक रुपले अर्को पत्थरको टुप्पाको छेउँमा सदियौँदेखि अडिइरहेको छ ।
२५ फिट अग्लो उक्त ढुंगालाई गोल्डेन रक अर्थात सुनौलो चट्टान पनि भनिन्छ ।

झण्डै चिप्लिन्छ कि जस्तो गरी अडिएको यो ढुंगाको अवस्थिति कुनै रहस्यभन्दा कम छैन ।

यो चट्टान म्यानमारका बोद्ध धर्माबलम्बीहरुको प्रमुख तीर्थस्थल हो । सुनजस्तै पहेँलो देखिने हुनाले यसको नाम नै गोल्डेन रक अर्थात् क्याटियो प्यागोडा रहेको छ । वास्तवमा मानिसहरुले यो चट्टानमा सुनका पत्रहरु टाँसेर यसलाई सुनजस्तै बनाइदिएका हुन् ।

यो चट्टान कसरी अर्को चट्टानको टुप्पोको छेउँमा गएर अडियो भन्ने कुरा इतिहासकै गर्भमा छ।

यो चट्टान बौद्ध धर्माबलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको छ । वर्षको तीनपटक उक्त चट्टानमा पुगेर वरदान माग्नाले मनले चिताएको पुग्ने जनविश्वास रहेको छ । जनविश्वास अनुसार उक्त ढुंगा भगवान बुद्धका रौँमा अडिएको छ रे ।

रोचक त के भने यो विशाल ढुंगालाई पुरुषहरुले हल्लाउन नसक्ने तर महिलाहरुले चाहिँ त्यहाँबाट अर्कै ठाउँमा समेत सार्नसक्छन् भन्ने धार्मिक मान्यता छ । सोही कारण महिलाहरुलाई उक्त ढुंगा छुन बन्देज लगाइएको छ ।

एजेन्सीको सहयोगमा

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब