धनुषामा ट्रकको ठक्करबाट स्टाफ नर्सको मृत्यु

  • जेठ १, २०७७ | ५९३ पटक पढिएको |
alt

धनुषामा ट्रकको ठक्करबाट एक जना स्टाप नर्सको मृत्यु भएको छ । बिहिबार मिथिला नगरपालिका वडा नम्बर ४ स्थित पुष्पवलपुर स्थित स्वास्थ्य चौकीमा कार्यरत रहेकी २२ वर्षिय चन्द्ररेखा यादवको ट्रकको ठक्करबाट मृत्यु भएको हो ।

प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तिर्थ कार्कीले जानकारी दिए ।

दिउँसो करिब ४ बजेति पूर्वबाट पश्चिमतर्फ आइरहेको को १ ख २६२७ नम्बरको मालबाहक ट्रकले मृतक सवार रहेको बा५२प ८६४८ नम्बरको मोटरसाइकललाई पुष्पवलपुर चोकमा ठक्कर दिएको थियो ।

ठक्करबाट जनकपुर उपमहानगरपालिका स्थित जमुनिया बस्ने २० वर्षिय मोटरसाइकल चाकल सिदार्थ यादव, मृतक चन्द्ररेखाको ४ बर्षिय छोरी माही यादव, नाम नखुलेको २ बर्षिय छोरा घाइते रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

यता ट्रक चाकल र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब