धनगढी उपमहानगरपालिकामा अख्तियारकाे छापा

  • जेठ १, २०७७ | २६३ पटक पढिएको |
alt

कैलालीको धनगढी उपमहानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले छापा मारेर कागजात नियन्त्रणमा लिएको छ ।

धनगढीकाे ठाकुर ट्रेड लिंकलाई चामललगायतका सामग्री आपूर्तिको ठेक्का दिँदा अनियमितता भएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि आयोगले आज छापा हानेर राहत सामग्री खरिद प्रक्रियाका सबै कागजात नियन्त्रणमा लिएको हो ।

राहत सामाग्री खरिद प्रक्रियामा भएको अनियमितताबारे छानबिन गर्न सबै कागजपत्र नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता टोपबहादुर विष्टले बताउनुभयो । ठाकुर ट्रेड लिंकलाई बोलपत्र दर्ताको समय नसकिँदै र मूल्याङ्कन नगरि उपमहानगरपालिकाले बोलपत्र स्वीकृतका लागि टिप्पणी उठाएको बुझिएको छ ।

उपमहानगरपालिकाले गत वैशाख ११ गते बोलपत्र आह्वान गरेकाेमा दर्ताको समय वैशाख १४ गते १२ः०० बजेसम्म राखेको थियो । वैशाख १४ गतेसम्म बोलपत्र दर्ताको समय भए पनि उपमहानगरपालिकाले भने वैशाख १२ गते नै ठाकुर ट्रेड लिंंकको बोलपत्र मूल्याङ्कनमा सफल भइसकेको उल्लेख गरेको छ ।

उपमहानगरपालिकाका प्रशासन शाखा प्रमुख नारायणप्रसाद शर्मा, जिन्सी शाखा प्रमुख कृष्णप्रसाद जोशी, खरिद एकाइ प्रमुख सुरेन्द्र कार्की, लेखा अधिकृत डिल्लीराज ओझा र लेखा शाखा प्रमुख सरस्वती जोशीले उपमहानगरका प्रमुख प्रशासकीय अधिकृतलाई स्वीकृतका लागि टिप्पणी उठाएर पेस गरेको देखिएको छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब