सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

  • जेठ २, २०७७ | २९८ पटक पढिएको |
alt

 आर्थिक वर्ष २०७७/०७८ को लागि सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आज दिउँसो साढे ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । नीति तथा कार्यक्रमकै आधारमा बजेटमा कार्यक्रम समावेश हुने भएकाले यसलाई महत्वका साथ हेर्ने गरीन्छ ।

यो वर्ष कोरोना भाइरसको महामारीका कारण चौपट भएको अर्थतन्त्र उकास्न विशेष व्यवस्था सहित नीति तथा कार्यक्रम आउने अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कोरोना भाइरसको कारण सुस्ताएको अर्थतन्त्र उकास्न विशेष कार्यक्रम ल्याइने बताइसक्नुभएको छ ।

नीति तथा कार्यक्रममा कोरोनाविरुद्ध लड्नको लागि स्वास्थ्य क्षेत्रमा विशेष व्यवस्था सहितको नीति आउने अपेक्षा छ । यस्तै सुलभ सार्वजनिक स्वास्थ्य र पूर्वाधारलाई जोड दिइएको मन्त्रालयले जनाएको छ ।

नीति तथा कार्यक्रममा आर्थिक गतिविधिमा पुनर्जागरण ल्याउने र अर्थतन्त्र गतिशील बनाउने गरी विशेष नीति आउने अपेक्षा छ । यस्तै व्यवसायीहरुलाई करमा सहुलियत दिने र आन्तरिक आर्थिक गतिविधि बढाएर आन्तरिक आयलाई नै सरकारको मुख्य आय स्रोत बनाउने गरी नीति आउने अनुमान छ ।

कोरोनाले चौपट बनाएको व्यवसायलाई करछुट, सहुलियतमा ऋण दिने, कृषी उद्यम बढाउन प्रोत्साहन गर्ने लगायतका कार्यक्रमलार्य सहयोग पुग्ने गरी नीतिमा जोड दिइएको सरकारले जनाएको छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब