सिरहा नपा मेयरद्धारा क्वाराइन्टाइन अनुगमन, दुई सय बेड थप तयारीको निर्देशन

  • जेठ २, २०७७ | १,३५७ पटक पढिएको |
alt

सिरहा नगरपालिक मेयर असेश्वर प्रसाद यादबले नगरपालिका भित्र रहेका तिन वटा क्वराइन्टाइन अनुगमन गरेको छ । क्वराइन्टाइन भित्र रहेका नागरिकहरुसँग सुविधा असुविधाहरुका विषयमा छलफल पनि गरेका छन ।
भारतबाट नेपाली फर्किने क्रम बढेकोले सिरहा नगरपालिका भित्रका सूर्यनारायण सत्यनारायण मरबैता यादब क्याम्सको क्वराइन्टाइनमा थप २ सय वेड थप तयारीका लागि निर्देशन पनि दिनु भयो । क्वराइन्टाइन भित्रका सबै जनाका चेक जाँच नियमित भईरहेका छन । सबै सामान्य अवस्थामा रहेको सीमा संदेश राष्ट्य दैनिकलाई जानकारी दिनु भयो ।
हाल सिरहा नगरपालिका भित्रमा ३ वटा क्वराइन्टाइन संचालन गरिएको छ । क्वराइन्टाइन भित्र ११ जना महिला, ३ जना बालबालिका गरी जम्मा १ सय २१ जना रहेका छन । जस मध्ये २५ जनाका पिसियार परिक्षण भईसकेको छ, रिर्पोट आउन बाँकी रहेको सिरहा नगरपालिका प्रशासकिय प्रमुख बलिराम यादबले बताउनु भयो । दैनिक रुपमा भारतबाट नेपाल क्षेत्रमा सिरहा नाका प्रवेश गर्ने क्रम बढी रहेको कारण पूर्ण व्यवस्थापन गर्न समस्या भईरहेको छ । नेपाल सरकारले सहजताका लागि स्थानियतहको सरकारलाई आफ्नो नागरिकलाई ल्याई स्थानियतह भित्र क्वराइन्टाइन गर्न निर्देशन गर्नु पर्ने जरुरी रहेको यादबले अनुरोध गर्नु भयो ।
क्वराइन्टाइन सुरक्षाका लागि नेपाली सेना, शस्त्र प्रहरी र नेपाल प्रहरी खाईएका छन । विभिन्न प्रवृत्ति र व्यवहारका व्यक्तिहरु भएका कारण व्यवस्थापन मिलाउन सामान्य असहज परिस्थिति पनि उत्पन हुने गरेको क्वराइन्टाइन संयोजक सुरेश चोरवार यादबले बताउनु भयो । दैनिक रुपमा सिरहा नगरपालिकालाई ५० हजार क्वराइन्टाइन व्यवस्थापनका लागि खर्च भईरहेको यादबले बताए ।
क्वराइन्टाइनलाई थप व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय तथा सिरहा नगरपालिका कार्यालयसँग आजै छलफल पनि हुने जानकारी प्राप्त भएको छ । बैठकबाट क्वराइन्टाइनमा हुने गरेको सम्पूर्ण समस्या सामाधानका लागि निर्णय लिइने छ । सिरहा नगरपालिका बाहिरकालाई सम्बन्धीत स्थानियतहको सरकारलाई बुझाउन पहल पनि गरिनेछ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब