सरकारको २०७७।०७८ नीति तथा कार्यक्रममा के के छ ?

  • जेठ २, २०७७ | ६२२ पटक पढिएको |
alt

सरकारले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरेको छ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेकी हुन् । नीति तथा कार्यक्रममा सरकारले देशलाई कोरोना भाइरस महामारीमुक्त बनाउने विषयलाई पहिलो प्राथमिकतामा राखेको छ । 

त्यसका लागि सरकारले स्वास्थ्य सजगताका व्यवस्थाहरुको पूर्ण पालना गर्ने/गराउने, नमुना परीक्षण बढाउनुको साथै औषधी उपकरण र चिकित्सक लगायत  स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था र परिचालन गरि कसैको पनि ज्यान जाने अवस्था आउन नदिन दृढतापूर्वक लाग्ने जनाएको छ । 

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले गुणस्तरीय स्वास्थ्य शिक्षा, खानेपानी तथा सरसफाई सेवामा सबै नेपालीको पहुँच हुनेगरी व्यवस्था गर्ने, शिक्षा तथा स्वास्थ्य सेवामा सरकारको भूमिकालाई थप प्रवल बनाउँदै निजी क्षेत्रलाई लगानी वृद्धिका लागि उत्प्रेरित गरिने पनि बताइन् । 

सरकारले कोभिड १९ पछिको थप रणनीति तर्जुमा गरि रोजगारी , गरिब, किसान तथा विपन्न वर्गलाई लक्षित गरि विशेष कार्यक्रम सञ्चालन गर्ने पनि भएको छ । अन्तराष्ट्रिय विमानस्थल र सीमाका नाकाहरुमा आधुनिक हेल्थ डेक्स तथा क्वारेन्टाइनहरुको स्थापना गरिनुको साथै महामारी लम्बिएमा कार्यक्रमको पुनः प्राथमिकिकरण गर्ने सरकारको नीति छ । 

आगामी आर्थिक बर्षमा स्वास्थ्य संस्थाहरुको स्थापना एवंम स्तरोन्नति, पूर्वाधार विकास, जनशक्ति व्यवस्था र सेवाको समतामुलक पहुँच एवंम गुणस्तर वृद्धि गर्न स्वास्थ्य क्षेत्रको पुनसंरचना गरिने भएको छ । सरकारले निरोगी नेपाल निर्माणको नारा सहित आगामी आर्थिक बर्ष स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ ।

यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ

नीति तथा कार्यक्रम

2b8c8f3a991a72e64eb77d4bd73dfccd-0-584917

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब