पर्सामा सर्वाधिक ८९ जना कोरोनाभाइरस संक्रमित (२५ जिल्लामा तथ्यांकसहित)

  • जेठ ३, २०७७ | २६७ पटक पढिएको |
alt

कोरोनाभाइरस (कोभिड–१९) नेपालमा पनि तीव्र रुपमा फैलिँदै गएको छ । हालसम्म नेपालका २५ जिल्लामा कोरोनाभाइरसको संक्रमण फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म २५ जिल्लाका कूल २६७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । 

मन्त्रालयका अनुसार हालसम्म पर्सा, रुपन्देही, उदयपुर, कपिलवस्तु, बाँके, काठमाडौं, धादिङ, कैलाली, बारा, धनुषा, रौतहट, बाग्लुङ, चितवन, झापा, महोत्तरी, भक्तपुर, बर्दिया, भोजपुर, कञ्चनपुर, नवलपरासी (पश्चिम), सप्तरी, सर्लाही, नवलपुर, मकवानपुर र  दाङ जिल्ला निवासीमा कोरोना संक्रमण पुष्टि भएको छ । 

जसमध्ये मकवानपुर र दाङ निवासीमा शुक्रबारमात्रै कोरोना संक्रमण पुष्टि भएको हो । 

हालसम्म सबैभन्दा धेरै संक्रमित पर्सामा फेला परेका छन् । शुक्रबार रातिसम्म पर्सामा ८९ जनामा संक्रमण पुष्टि भइसकेको छ । 

यसैगरी  कपिलवस्तुमा    ३९, बाँकेमा ३३, रुपन्देहीमा २८, उदयपुरमा ३३, काठमाडौंमा ९, धादिङमा १, कैलालीमा ४, बारामा ३ जनामा कोरोना पुष्टि भएको छ । 

यसैगरी धनुषामा ४, रौतहटमा ३, बाग्लुङमा २, चितवनमा २, झापामा २, महोत्तरीमा २,  भक्तपुरमा २, बर्दियामा १, भोजपुरमा १, कञ्चनपुरमा १, नवलपरासी (पश्चिम) मा १, सप्तरीमा १, सर्लाहीमा १, पूर्वी नवलपरासीमा १, मकवानपुरमा१ र दाङमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म संक्रमित मध्ये ३६ जना निको भएर घर फर्किएका छन् । 

शुक्रबारसम्म पिसिआर विधिबाट २३ हजार ९ सय १४ जनाको नमुना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ६३ हजार ८५ जनाको आरडिटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट १ हजार २ सय ५० र आरडिटी विधिबाट ७ सय ५८ गरी २ हजार ८ वटा परीक्षण भएका छन् ।

प्रदेश नम्बर १ मा ८ हजार ९ सय ३३, प्रदेश नम्बर २ मा ५ हजार ९ सय ८२, बागमती प्रदेशमा ९ हजार ६ सय ७३ वटा आरडिटी परीक्षण भएका छन् । यस्तै गण्डकी प्रदेशमा ६ हजार ८ सय ६२, प्रदेश नम्बर ५ मा ७ हजार ९ सय ७१, कर्णाली प्रदेशमा ७ हजार ३ सय ७ र सुदूरपश्चिम प्रदेशमा १६ हजार ३ सय ५७ जनाको आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताए । 

देशभरीका विभिन्न अस्पतालमा २ सय ६७ आइसोलेसनमा उपचाररत रहेका छन् । उपत्यकामा २७ सहित बागमती प्रदेशमा ३४ जना आइसोलेसनमा रहेका छन् । प्रदेश नम्बर १ मा २२, प्रदेश नम्बर २ मा १ सय २ गण्डकी प्रदेशमा १ जना आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ सय ८ जना आइसोलेसनमा रहेका छन् । कर्णाली र सुदूरपश्चिममा भने कुनै पनि व्यक्ति शुक्रबार आइसोलेसनमा छैनन् । हालसम्म कर्णाली प्रदेश कोरोनामुक्त रहेको छ । 

अहिले देशभरीका क्वारेन्टाइनमा १५ हजार ६ सय ८३ जना रहेका छन् । प्रदेश नम्बर १ मा ८ सय ८५, प्रदेश नम्बर २ मा २ हजार ५१, बागमती प्रदेशमा १ सय १७ र गण्डकी प्रदेशमा ३ सय ७ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ८ हजार ३ सय २५, कर्णाली प्रदेशमा १ हजार ८२ र सुदूरपश्चिम प्रदेशमा ९ सय १६ जना क्वारेन्टाइनमा रहेका छन् । 

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब