शनिबार बिहान थप ३ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साढे ११ बजे जारी गरेको विज्ञप्तीमा प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा कपिलबस्तु शिवराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ वर्षीय उमेर समुहका तीन पुरुष रहेका छन् ।
यससंगै शुक्रबार बिहानदेखि साढे ११ बजेसम्म ९ जनामा कोरोना संक्रमण पुष्टि भएको । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७६ पुगेको छ ।

Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved