नेपालमा कोरोनाबाट पहिलो मृत्यु पुष्टि

  • जेठ ३, २०७७ | २८० पटक पढिएको |
alt

काभ्रेको धुलिखेल अस्पतालमा सुत्केरीको कोरोनाको कारण नै ज्यान गएको सरकारले पुष्टि गरेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ९ राम्चेकी सुत्केरीको कोरोनाका कारण ज्यान गएको सरकारले पुष्टि गरेको हो ।

वाग्मती प्रदेश सरकारका सामाजिक विकास मन्त्री युवराज दुलालले फेसबुकमार्फत ती सुत्केरीको कोरोनाका कारण ज्यान गएको पुष्टि गर्नुभएको हो । 

उहाँले ती सुत्केरीको कोरोनाका कारण नै ज्यान गएको चिकित्सकीय अनुसन्धानको निष्कर्ष आएको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले धुलिखेल अस्पताल र बाह्रबिसे नगरपालिका वडा नम्बर ६ सिल गरिएको छ । ती ठाउँमा भोली विज्ञ प्राविधिक टोलीले कन्ट्याक ट्रेसिङ गरी आवश्यक सबैको पीसीआर परीक्षण गर्ने सरकारको तयारी छ ।

नेपालमा आज थप ११ जनामा कोरोना पुष्टि भएसँगै सक्रमितको सङ्ख्या २ सय ७८ पुगेको छ । ३६ जना निको भएका छन् ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब