रुपन्देहीमा कोरोना सङक्रमितले भरिए अस्पताल, बिरामी राख्ने ठाउँ छैन

  • जेठ ४, २०७७ | २७७ पटक पढिएको |
alt

रुपन्देहीको सदरमुकामस्थित कोरोना विषेश भीम अस्पताल कोरोना सङ्क्रमित बिरामीले भरिएका छन् । प्रदेश नं ५ सरकारले कोरोना विषेश अस्पतालका रूपमा स्थापना गरेको २७ श्ययाको सो अस्पतालमा अहिले सङ्क्रमितले भरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट नवीन दर्नालले जानकारी दिए ।कूल २७ श्यया रहेको अस्पतालमा पाँच आइसीयू र तीन भेन्टिलेटर श्यया रहेको छ भने बाँकी साधारण श्ययामा २१ बिरामी राखिएको अस्पतालको सूचना शाखाले जनाएको छ । आइसीयू र भेन्टिलेटरमा सामान्य अवस्थामा रहेका बिरामी राख्न नमिल्ने भएकाले थप श्ययाको आवश्यकता देखिएको छ ।

अस्पतालमा कपिलवस्तुका पाँच, नवलपरासीका एक, रुपन्देहीका १४ र भारतका एक गरी कूल २१ छन् । तीमध्ये तीन महिला र १८ पुरुष रहेका छन् । चार वर्षदेखि ५० वर्षसम्मका कोरोना सङ्क्रमित अहिले अस्पतालमा भर्ना भएको अस्पतालका प्रवक्ता गोपाल उपाध्यायले बताए । सबै बिरामी पिसिआर परीक्षणमा पोजेटिभ देखिएका हुन् । सबैको अवस्था सामान्य रहेको प्रवक्ता उपाध्यायले बताउनुभयो । सङ्क्रमित सबै भारतबाट लुकीछिपी नेपाल आएका हुन् ।

अस्पतालको आइसोलेसन श्यया भरिएपछि आपतकालीन अवस्थामा आएका थप सङ्क्रमित राख्ने ठाउँ नभएको अस्पताल जनाएको छ । 

 

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब