प्रेसको आवरणमा हतियारसहित घुम्ने २ जना पक्राउ

  • जेठ ४, २०७७ | २५२ पटक पढिएको |
alt

लकडाउनको बेला मोटरसाइकलमा प्रेस लेखेर हतियारसहित घुमिरहेका २ जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । प्रेस लेखिएको मोटरसाइकलमा हतियार बोकेर घुमिरहेको भनि गोप्य सूचनाको आधारमा प्रहरीले सर्लाहीको बिष्णु गाउँपालिका–३ बस्ने २५ वर्षीय मदन साह कानु र भारतको विहार प्रान्तस्थित सीतामढी जिल्ला मरहाडिहका बस्ने १९ वर्षीय अनिश साहलाई पक्राउ गरेको हो ।

हतियारसहित घुमिरहेका उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक मदन कुँवरले पुष्टि गरे । लकडाउनका बेलामा भारतीय मोटरसाईकल बीआर ३० एम ६७८७ नम्बरको मोटरसाइकलमा ‘प्रेस’ लेखेर घुमिरहेका उनीहरुलाई विष्णु गाउँपालिका–३ विश्वनाथ टोलस्थित बाँसघारीबाट हतियार सहित पक्राउ गरिएको कुँवरले जानकारी दिए ।

प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटेको संयुक्त टोलीले प्रेस लेखिएको मोटरसाइकलमा सवार दुवै जनालाई हतियार सहित पक्राउ गरेकोे हो । पक्राउ परेकाहरुको साथबाट १ थान कटुवा पेस्तोल र सोमा लाग्ने १ राउण्ड गोली, अर्को चाइनिज पेस्तोल १ थान, सोको म्यागेजिन र ५ राउण्ड गोली बरामद भएको प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिए । 
उनीहरुका विषयमा थप अनुसन्धान भइरहेको उनले बताए  ।  

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब