प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ३१ पुग्यो

  • जेठ ६, २०७७ | २८० पटक पढिएको |
alt

प्रदेश नं २ का आठवटै जिल्लामा सोमबारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १३१ पुगेको छ । सामाजिक विकास मन्त्रालयद्वारा जारी कोरोनासम्बन्धी तथ्याङ्कमा गत आइतबारसम्म यो सङ्ख्या १२२ रहेको थियो ।  सोमबार नौ नयाँ सङ्क्रमित भेटिएपछि यसको सङ्ख्या १३१ पुगेको छ ।  लकडाउनलाई थप कडाइ बनाउन चिकित्सकले  सुझाव दिएका छन् । यस प्रदेशमा पहिलोपटक गत चैत २९ गते  वीरगञ्जमा तीन जनामा सङ्क्रमण देखिएको थियो । 

यसैबीच प्रदेश २ सरकारले आठवटै जिल्लामा किसानलाई ब्याजमा अनुदान दिने भएको छ । कृषि तथा पशुपालन व्यवसायका लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण जारी रहेको लकडाउनका कारण तिर्न नसकेपछि चैतदेखि असारसम्मको ब्याजमा अनुदान दिन लागेको हो ।  

सो ऋणको ब्याजमा चैत, वैशाख ,जेठ र असार गरी चार महिनाको लाग्ने ब्याजमा अनुदान दिने निर्णय गरेको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा.रामचन्द्र यादवले जानकारी दिए ।  पर्सा जिल्लामा गत वर्षको तुलनामा यस वर्ष रु ४५ करोड ५० लाख मूल्य बराबरको १३ हजार मेट्रिक टन गहुँ बढी उत्पादन भएको केन्द्रले जनाएको छ । किसानले २६ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरी प्रतिहेक्टर तीन दशमलव एक मेट्रिक टन अर्थात ८० हजार १०० मेट्रिक टन गहुँ उत्पादन गरेको छन् । अहिले बजारमा प्रतिकेजी रु ३५ का दरले गहुँ बिक्री हुँदै आएको छ । 

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब