नेपालको नयाँ नक्सामा क्षेत्रफलमा ३९५ वर्ग किलोमिटर थप

  • जेठ ६, २०७७ | २७० पटक पढिएको |
alt

नेपालको राजनीतिक नक्सा अद्यावधिक गरेसंगै नेपालको क्षेत्रफल पनि परिमार्जन भएको छ । लिपुलेक, कालापानी र लिम्पियाधुरालाई पनि समेट्दै नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालतर्फ ३ सय ९५ वर्ग किलोमिटर क्षेत्रफल थप भएको हो ।

भूमी व्यवस्था तथा सहकारी एवं गरिबी निवारण मन्त्रालयका अनुसार लिपुलेक, कालापानीतर्फ भारतले अतिक्रमण गरेको ६० र लिम्पियाधुरातर्फ ३ सय ३५ वर्ग किलोमिटर भुभाग थपिएको हो । योसंगै नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय ७६ वर्ग किलोमिटर पुगेको छ । 

तर मन्त्रालयले सो क्षेत्रको नाप गरेपछि मात्र आधिकारीक विवरण सार्वजनिक गर्ने जनाएको छ । नापी टोली सो क्षेत्रमा पुगेपनि काम भने सुरु गर्न नसकेको मन्त्रालयले जनाएको छ । यसअघि नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर रहेको थियो ।

नयाँ नक्सालाई सरकारी प्रयोजनसंगै पाठ्यक्रममा पनि समावेश गराईने मन्त्रालयले उल्लेख गरेको छ ।

नयाँ नक्सा कार्यान्वयनमा नेपाल भित्र कुनै पनि समस्या नरहेपनि अन्तर्राष्ट्रियस्तरमा यसलाई स्थापित गराउन राजनीतिक, कुटनीतिक र रणनीतिक पहल आवश्यक रहेको संविधानविद डा.रुद्र शर्माको भनाई छ । द्विपक्षीय, त्रिपक्षीय र बहुपक्षीय छलफलका लागि सरकारले तत्काल पहल गर्न आवश्यक रहेको बताउँदै उहाँले सीमा विवाद देखिएपनि सो छलफलले समाधानका लागि बलियो आधार बनाउने तर्क गर्नुभयो । 

रेडियो कान्तिपुरसँग बिहान कुरा गर्दै डा. शर्माले नेपालसँग पर्याप्त प्रमाण रहेकाले अन्तर्राष्ट्रिय कानुनको नजरबाट पनि नेपाल बलियो स्थितिमा रहेको बताउनुभयो । 

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब