पत्रकारको कार्ड बोकेर ल्यापटप चोरी गर्ने दुई जना प्रकाउ

  • जेठ ७, २०७७ | २५८ पटक पढिएको |
alt

पत्रकारको कार्ड बोकेर चोरी गर्ने दुइ जनालाई प्रहरीले पक्राउ गरेको छ । लकडाउनको मौका छोपेर पत्रकार भन्दै कार्ड बोकेर चोरी गर्ने दुइ जनालाई काठमाडौँबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सुनसरी घर भइ हाल धुम्वराही बस्ने हम्मे भन्ने हिमाल रसाइली र बारा स्थायी घर भई ओमबहाल बस्ने अनिल आलम मिया रहेका छन् ।

अनुसन्धानका क्रममा उनीहरुलाई प्रहरीले भेटेपछि सोधपुछका क्रममा पत्रकार भएको भन्दै एक टेलिभिजनको परिचय पत्र देखाएर भाग्न खोजेका थिए । सो परिचयपत्र नक्कली भएको पनि प्रहरीले जनाएको छ ।

उनीहरुले सिनामंगलस्थित एक होस्टलबाट विभिन्न समयमा चार थान ल्यापटप तथा चैत २४ गते चाबहिल भत्केको पुलस्थित सुविन मानन्धरको घरबाट ल्यापटप र आइप्याड चोरी गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई प्रहरीको टोलीले बैशाख ६ गते चोरीका सामाग्रीसहित पक्राउ गरेको हो । साथै उनीहरुबाट ५३ हजार नेपाली रुपैयाँ, ३०० डलर, २ सय चाइनिज युयान र धारिलो हतियार पनि बरामद गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब