सिरहामा थप ८० सैयाको आइसोलेसन तयार पारिने

  • जेठ ७, २०७७ | ३१८ पटक पढिएको |
alt

प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि प्रदेश सरकारले सिरहामा ८० श्यया (बेड) को आइसोलेसन बेड तयार गर्ने भएको छ । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रदेशस्तरीय निर्देशन एवं समन्वय समितिको मङ्गलबार बसेको बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलिदो अवस्थामा रहेकाले सिरहास्थित जिल्ला अस्पतालमा ५० बेड र सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाई मेमोरियल अस्पतालमा ३० बेड गरी ८० बेडको आइसोलेसन बेड तयार गर्ने निर्णय गरेको हो ।
 
कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने औंल्याउँदै प्रदेश सरकारले आइसोलेसन बेड थप्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिनुभयो ।
 
यस्तै रौतहटको गौर अस्पतालको मातहतमा रहने गरी गौर नरसिंह इनस्टिच्युटमा ३० बेड, पोखरिया अस्पताल पर्सामा २५ बेड, सप्तरीको भारदह अस्पतालमा ५० बेड, सर्लाहीको मलङ्गवा अस्पतालको मातहतमा रहने गरी अन्त अल्पमाई रामनारायण यादव नर्सिङ कलेजमा २५ बेड, सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजको मातहतमा रहने गरी साइकृष्ण मेडिकल हातामा ५० बेड र महोत्तरीको बर्दिवास अस्पतालमा ५० बेड थप गर्नेसमेत निर्णय गरेको उहाँले बताउनुभयो ।
 
प्रदेश नं २ मा हाल ४४७ आइसोलेसन बेड छ । यीबाहेक ३०५ बेड थप्ने निर्णय प्रदेश सरकारले गरेको छ । यसअघि गत जेठ २ गते प्रदेश सरकारले लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताललाई ५० श्यया (बेड)को कोरोना विशेष अस्पताल सञ्चालन गर्ने निर्णय गरिसकेको छ । प्रदेश नं २ को आठवटै जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भएपछि लहान अस्पताललाई प्रदेश नं २ को कोरोना विशेष अस्पतालका रूपमा सञ्चालन गर्ने तयारी शुरु गरिएको छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब