नेपालले सर्वजनिक गरेको नयाँ नक्सा भारतलाई अस्वीकार्य

  • जेठ ८, २०७७ | ४८९ पटक पढिएको |
alt

नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समामवेश गर्दै नयाँ राजनीतिक नक्सा जारी गरेपछि भारतले त्यसलाई अस्वीकार गर्ने जनाएको छ । बुधबार नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको छ ।

नेपालको परिमार्जित नक्साबारे गरिएको पत्रकारहरुको प्रश्नमा जवाफ दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सो कुरा बताएका हुन् ।

उनले भने, ‘नेपाल सरकारले जारी गरेको परिमार्जित नक्सामा भारतीय भूमिको हिस्सा समावेश गरिएको छ । यो एकपक्षीय कदम ऐतिहासिक तथ्य र प्रमाणका आधारमा छैन । यो सीमा समस्यालाई कुटनीतिक छलफलको माध्यमबाट समाधान गरिने दुई पक्षीय समझदारी विपरित रहेको छ । यो भौगोलिक दाबीको कृत्रिम विस्तारलाई भारतले स्वीकार गर्दैन ।'

उनले थप भने, ‘नेपाल यो विषयमा भारतको अडानबारे जानकार रहेको छ र यस्तो अनुचित दाबी नगर्न नेपाल सरकारलाई आग्रह गर्दछौँ ।’ उनले नेपाल सरकारलाई भारतको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई सम्मान गर्न पनि आग्रह गरेका छन् ।

उनले नेपालको नेतृत्वले सीमाबारे विवाद सुल्झाउन कुटनीतिक छलफलका लागि सकारात्मक वातावरण तयार गर्ने आशा पनि व्यक्त गरे ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब