प्रदेश २ मा फेरी थपिए एकजना कोरोना संक्रमित

  • जेठ ८, २०७७ | २८१ पटक पढिएको |
alt

प्रदेश २ मा कोरोना संक्रमणको दर दिनानुदिन बढ्दै गएको छ । आज फेरी बाराको पचरौता नगरपालिका वडा नम्बर १ का एक जना युवकमा कोरोना भाइरस संक्रमण देखिएको हो ।

भारतको दिल्लीबाट केहीदिन अघि आएर क्वारेन्टाइनमा बसेका ३० वर्षीय युवकमा बिहीबार कोरोना भाइरस फेला परेको हो ।

भारतको दिल्लीबाट नेपाल आउने क्रममा सिमावर्ती आदापुरमा भारतीय प्रहरीले रोकेर सोही ठाँउमा रहेको क्वारेन्टाइनमा राखेको थियो । सोही क्रममा भारतीय प्रहरीले सो युवकको स्याब संकलन गरेको थियो ।

युवकमा पीसीआर रिपार्ट पोजेटिभ देखिएको भारतीय सुरक्षाकर्मीले आजै जानकारी दिएको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले जानकारी दिएका छन् ।

पचरौता नगरपालिका वडा नम्बर १ पिपरपाती गाँउ निवासी बर्ष ३० का ती युवकलाई पछिल्लो केहिदिन देखि पचरौता कोरेन्टीनमा राखिएको थियो ।

बिहीबार बिहान भारतीय प्रहरीले ती युवकलाई कोरोना पुष्टि भएको र छुट्टै राख्नु भनि जानकारी दिएपछि उनलाई कलैया अस्पतालमा आइसोलेसन वार्डमा ल्याउन एम्बुलेन्स पठाइसकेको प्रवक्ता मिश्राले जानकारी दिएका छन् ।

भारतमा चेकगर्दा पोजिटिभ आएपनि अधिकारिक रुपमा फेरि पीसीआर चेक गर्नुपर्ने प्रहरी प्रवक्ता तथा डिएसपी गौतम मिश्राले बताएका छन् ।

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब