बाबुको हत्या आरोपमा दुई छोरा पक्राउ

  • जेठ ८, २०७७ | २४५ पटक पढिएको |
alt

बिराटनगर । विराटनगर महानगरपालिकामा आफ्नै बाबुको हत्या गरेको आरोपमा दुई छोरालाई आज प्रहरीले प्रक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा वडा नं १४ झटियाईका ५५ वर्षीय सत्यराम चौहानको हत्या दुई छोराले गरी शव घरभित्रै पुरेको जनाइएको छ ।
    
बुबाको हत्यामा जेठो छोरा २९ वर्षीय रोहित र माइलो छोरा २६ वर्षीय नागेन्द्र चौहानको सङ्लग्नता रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख विश्व अधिकारीले बताए। दुई दाजुभाई मिलेर बाबुको गत शनिबार राति हत्या गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

दुई छोरा मिलेर फरुवाले हानेर बाबुको हत्या गरेपछि घरभित्रै खाल्डो खनेर शव तन्नाले बेरेर पुरेको प्रहरीले जनाएको छ । माइली बुहारीले ससुरा विगत तीन दिनदेखि सम्पर्क नभएको जानकारी प्रहरीलाई दिएपछि बुधबार साँझ उत्खनन् गरेर शव बरामदपछि परीक्षणका लागि कोसी अस्पताल पठाइएको थियो ।

सत्यरामका तीन छोरामध्ये जेठा छोरा रोहितसँग बाबुसँगै आफ्नै घरमा बस्थे भने माइला छोरा नागेन्द्र श्रीमतीसहित विराटनगर–१५ मा डेरामा बस्थे ।

कान्छो छोरा सोमकुमार भने विगत तीन वर्षदेखि बेपत्ता छन् । 

ज्याला मजदूरी गर्ने जेठो छोरा रोहितसँग पैसा माग्दा नभएको बताएपछि बाबुले घरबाट निकाली दिने चेतावनी दिएपछि छोराबीच विवाद हुँदा हत्या भएको प्रहरीको भनाइ छ । 
    
बाबुसँग विवाद बढ्दै गएपछि रोहितले नजिकै रहेको फरुवाले शुरुमा बुबाको टाउकोमा प्रहार गरेको र त्यसपछि दुवै दाजुभाई मिलेर सत्यरामको हत्या गरेको प्रहरीले जनाएको छ ।

बुबाको शव बाहिर निकालेमा घटनाका बारेमा गाउँलेले थाहा पाउने भएपछि आफूहरुले घरभित्रै पुरेको उनीहरुले प्रहरीलाई बताएका छन् ।

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब