आइतबार थप १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि संख्या ६०३ पुगेको छ । सङ्क्रमितमध्ये ५२४ पुरुष र ७९ महिला रहेको बताइएको छ।
नयाँ जिल्ला नुवाकोट थपिएपछि नेपालभर गरी ४२ जिल्लामा कोरोनाभाइरस सङ्क्रमित भेटिएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा अनुसार आइतवार अपरान्हसम्म ४८ हजार ८ सय १५ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गरिएको छ।
सङ्क्रमण देखिएका मध्ये ८७ निको भएर घर फर्किएका छन्।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved