२४ घण्टामा प्रदेश २ मा ३५ जनामा कोरोना भाइरस संक्रमित पुष्टी

  • जेठ १३, २०७७ | ३७४ पटक पढिएको |
alt

सिरहा । प्रदेश २ मा पछिल्लो २४ घण्टामा ३५ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । प्रदेश २ समाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेका अनुसार रौतहटमा २२, सिरहामा ५, बारामा ५, महोत्तरीमा २ र धनुषामा १ जनामा कोरोणा संक्रमण देखिएको हो ।

धनुषामा कोरोना संक्रमण पुष्टि भएका एक पुरुष मुखियापट्टी मुसहरनिया गाउँपालिका बेलाका २२ वर्षीय युवक छन् । यस्तै महोत्तरीका पुष्टि भएका पुरुष मनरासिसवा नगरपालिका १० का ३० र ३५ वर्षका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रायले पुष्टि गरेको छ ।

प्रदेश २ मा पछिल्लो २४ घण्टामा भेटिएका सबै संक्रमितहरुलाई नजिकै पर्ने आइसोलेशन अस्पतालमा उपचारको व्यवस्था मिलाइएको सचिव घिमिरेले बताए ।
यससंगै प्रदेश २ मा संक्रमितको संख्या २ सय ६८ पुगेको छ भने उपचार पश्चात ७६ जना निको भएर घर फर्केको जनाइएको छ ।

संक्रमित व्यक्तिहरु अधिकांश भारतबाट आएका र उनीहरुको सम्पर्कमा गएकाहरुलाई कोरोना संक्रमण भएको मन्त्रायले बताएको छ । नेपाल भारत खुल्ला सीमाको कारण प्रदेश २ मा कोरोना संक्रमणको अवस्था भयाबह बन्दै गएको सचिव घिमिरेको भनाइ छ ।

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब