२४ घण्टामा प्रदेश २ मा ३५ जनामा कोरोना भाइरस संक्रमित पुष्टी

  • जेठ १३, २०७७ | ३८२ पटक पढिएको |
alt

सिरहा । प्रदेश २ मा पछिल्लो २४ घण्टामा ३५ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । प्रदेश २ समाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेका अनुसार रौतहटमा २२, सिरहामा ५, बारामा ५, महोत्तरीमा २ र धनुषामा १ जनामा कोरोणा संक्रमण देखिएको हो ।

धनुषामा कोरोना संक्रमण पुष्टि भएका एक पुरुष मुखियापट्टी मुसहरनिया गाउँपालिका बेलाका २२ वर्षीय युवक छन् । यस्तै महोत्तरीका पुष्टि भएका पुरुष मनरासिसवा नगरपालिका १० का ३० र ३५ वर्षका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रायले पुष्टि गरेको छ ।

प्रदेश २ मा पछिल्लो २४ घण्टामा भेटिएका सबै संक्रमितहरुलाई नजिकै पर्ने आइसोलेशन अस्पतालमा उपचारको व्यवस्था मिलाइएको सचिव घिमिरेले बताए ।
यससंगै प्रदेश २ मा संक्रमितको संख्या २ सय ६८ पुगेको छ भने उपचार पश्चात ७६ जना निको भएर घर फर्केको जनाइएको छ ।

संक्रमित व्यक्तिहरु अधिकांश भारतबाट आएका र उनीहरुको सम्पर्कमा गएकाहरुलाई कोरोना संक्रमण भएको मन्त्रायले बताएको छ । नेपाल भारत खुल्ला सीमाको कारण प्रदेश २ मा कोरोना संक्रमणको अवस्था भयाबह बन्दै गएको सचिव घिमिरेको भनाइ छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब