बाग्लुङका ६ जनामा फेरि कोरोना पोजेटिभ

  • जेठ १४, २०७७ | ३०४ पटक पढिएको |
alt

बाग्लुङका ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । भारतबाट फर्किएका बागलुङको पश्चिम भेगका उनीहरु सुनौली नाका हुँदै बाग्लुङ पुगेका थिए ।

बाग्लुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएपनि थप जानकारी केहि समयपछि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिने बताए । 

यता गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. बिनोद विन्दु शर्माले उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको बताए । 

यद्यपि थप विवरण आउन बाँकी रहेकाले विस्तृत बुझेर प्रेस नोट मार्फत जानकारी दिने उनको भनाइ छ । संक्रमण पुष्टि भएकाहरु अहिले क्वारेन्टाइनमा बसिरहेको बुझिएको छ ।

यसअघिका दुई संक्रमित निको भएर घर फर्किएको लामो समयपछि बागलुङमा नयाँ संक्रमित फेला परेका हुन् । यो सहित बाग्लुङमा संक्रमितको संख्या आठ पुगेको छ ।

सिरहामा ५ जना सहित सामाजिक सद्भाव बिथोल्ने ३९ जना

तराईका विभिन्न ६ जिल्लामा सामाजिक सद्भाव बिथोलेको आरोपम ...

मधेस घटना सुनियोजित भएको मधेसी नेताहरूको आरोप

मधेस केन्द्रित दलका शीर्ष नेताहरूले प्रधानमन्त्री बालेन ...

गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा। सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन् ...

साउन १६ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १६ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब