सिरहाका २ जना गरी प्रदेश २ मा एकैदिन थपिए ४५ कोरोना सक्रमित

  • जेठ १४, २०७७ | ५६५ पटक पढिएको |
alt

प्रदेश २ मा बुधबार मात्रै ४५ जना कोरोना संक्रमित थपिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणको क्रममा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

जसमध्ये ३८ जनाको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो भने बाँकी ७ जनाको हेटौंडाको प्रयोगशालामा परीक्षण गरिएको हो ।

संक्रमितहरूमध्ये रौतहटका मात्रै ३५ जना रहेका छन् ।

रौतहटको गौर, इशनाथ, देवाही गोनाही, कटहरीया र गढीमाई नगरपालिकाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।

रौतहटको इशनाथका १६, गौरका ८, गढीमाई नगरपालिकाका ७, देवाही गोनाही नगरपालिका र कटहरीया नगरपालिकाका २/२ जनामा संक्रमण पुष्टि भएको हो ।

राैतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार संक्रमण पुष्टि भएकाहरु सबै भारतबाट आएका हुन् ।

त्यस्तै बाराको पचरौता–१ स्थित पीपरपाती मावि क्वारेन्टाइनमा रहेका ८ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये एक जना ४१ वर्षीय व्यक्ति रौतहटका बासिन्दा हुन् ।

सिराहाको सिद्धिचरण १० का ३९ वर्षीय पुरुष र रुपाली २ का ३५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सिरहामा पुष्टी भएका २ जना नेपाल प्रहरीको जवान रहेको जिल्ला अधिकारी सरोज गाँरागाईले जानकरी दिनु भयो ।

सिरहामा ५ जना सहित सामाजिक सद्भाव बिथोल्ने ३९ जना

तराईका विभिन्न ६ जिल्लामा सामाजिक सद्भाव बिथोलेको आरोपम ...

मधेस घटना सुनियोजित भएको मधेसी नेताहरूको आरोप

मधेस केन्द्रित दलका शीर्ष नेताहरूले प्रधानमन्त्री बालेन ...

गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा। सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन् ...

साउन १६ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १६ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब