सिरहाका २ जना गरी प्रदेश २ मा एकैदिन थपिए ४५ कोरोना सक्रमित

  • जेठ १४, २०७७ | ५७२ पटक पढिएको |
alt

प्रदेश २ मा बुधबार मात्रै ४५ जना कोरोना संक्रमित थपिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणको क्रममा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

जसमध्ये ३८ जनाको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो भने बाँकी ७ जनाको हेटौंडाको प्रयोगशालामा परीक्षण गरिएको हो ।

संक्रमितहरूमध्ये रौतहटका मात्रै ३५ जना रहेका छन् ।

रौतहटको गौर, इशनाथ, देवाही गोनाही, कटहरीया र गढीमाई नगरपालिकाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।

रौतहटको इशनाथका १६, गौरका ८, गढीमाई नगरपालिकाका ७, देवाही गोनाही नगरपालिका र कटहरीया नगरपालिकाका २/२ जनामा संक्रमण पुष्टि भएको हो ।

राैतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार संक्रमण पुष्टि भएकाहरु सबै भारतबाट आएका हुन् ।

त्यस्तै बाराको पचरौता–१ स्थित पीपरपाती मावि क्वारेन्टाइनमा रहेका ८ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये एक जना ४१ वर्षीय व्यक्ति रौतहटका बासिन्दा हुन् ।

सिराहाको सिद्धिचरण १० का ३९ वर्षीय पुरुष र रुपाली २ का ३५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सिरहामा पुष्टी भएका २ जना नेपाल प्रहरीको जवान रहेको जिल्ला अधिकारी सरोज गाँरागाईले जानकरी दिनु भयो ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब