१३ औं गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट २३३ कैदीलाई माफी मिनाहा

  • जेठ १५, २०७७ | ४८६ पटक पढिएको |
alt

सिरहा । राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औं गणतन्त्र दिवसको अवसरमा स्वदेश/विदेशमा रहेका नेपालीलाई हार्दिक बधाइ दिँदै सुख, शान्ति र समृद्धिको कामना गरेकी छन। गणतन्त्रलाई थप सुदृढ तुल्याउन उनले सबैमा आवहन गरेकी छन्।

गणतन्त्र स्थापनार्थ भएका आन्दोलनमा होमिएका राजनीतिक दल, नेता, कार्यकर्ता र आम जनताको योगदानको उच्च प्रशंसा गर्दै शुभकामना सन्देशमार्फत भण्डारीले भनेकी छन्, ‘यो ऐतिहासिक दिवसले सबै नेपालीलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्प हासिल गर्न थप ऊर्जा प्रदान गरोस।’ अपार जनसहभागितामा ऐतिहासिक जनआन्दोलनबाट स्थापित जननिर्वािचत पहिलो संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको स्मरण गर्दै उनले यस वर्ष कोरोना भाइरसको विश्वव्यापी महामारीबाट उत्पन्न विषम परिस्थितिले गणतन्त्र दिवस मनाउन असहज भएको उनको भनाइ छ । ‘यस ऐतिहासिक दिवसले सम्पूर्ण नेपालीहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा यहाँ उपलब्ध प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै सामाजिक, आर्थिक र सांस्कृतिक रुपले सभ्य र समुन्नत समाज निर्माणमा एकजुट हुन प्रेरणाको विश्वास लिएको छु,’ राष्ट्रपतिको सन्देशमा उल्लेख छ।

सदाकाल स्वाधिन राष्ट्रका रुपमा रहेको नेपालको भौगोलिक अखण्डता कायम गर्ने तथा राष्ट्रियता सुदृढीकरण गर्न अतुलनीय योगदान पुर्‍याउने पूर्वजहरुको योगदानलाई उनले स्मरण गरेकी छिन्। पूर्वजको स्वाभिमान, वीरता र आदर्शबाट अनुप्रेरित भई राष्ट्रको सर्वाङ्गीण विकासमा अग्रसर हुन उनले सबैलाई आग्रह गरेकी छन्।

निकै लामो संक्रमणकाल पश्चात् राजनीतिक स्थिरता र दिगो शान्ति कायम भएको वर्तमान परिवेसमा नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख आर्थिक प्रणाली र सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने अभियानमा आ–आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउन सम्पूर्ण राजनीतिक दलहरु तथा आमजनतामा उनले आह्वान गरेकी छन।

राष्ट्रपति भण्डारीले कोरोना भाइरसको संक्रमणमा परी स्वदेश तथा विदेशमा अमूल्य जीवन गुमाउने र गणतन्त्र स्थापनमा अहुति दिने ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै सोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेकी छन। उनले संक्रमित बिरामीहरुको स्वास्थ्यलाभको कामनासमेत गरेकी छिन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गर्नुभएको छ । नेपालको संविधान धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम रामबहादुर भनिने रमेश विश्वकर्मासहित कैदीलाई सजाय माफी दिइएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति जारी सो जानकारी दिनुभएको हो ।
 
यसैगरी नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा कपिलदेव साह कानुसमेतका आठ व्यक्तिलाई विभिन्न अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्वलगायतको सजाय माफी भएको विज्ञप्तिमा जनाइएको छ ।
002-सन्देश_20200528013732-scaled
 
 
 
003-सन्देश_20200528013731-scaled

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब