रौतहटमा एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि

  • जेठ १६, २०७७ | ४५७ पटक पढिएको | सीमा संदेश
alt

 रौतहटमा एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना संक्रमितको सख्या १ सय ८१ पुगेको छ ।

आज संक्रमण पुष्टि भएका सबै भारतका विभिन्न शहरबाट भर्खरै रौतहट आएका नेपालीहरु रहेका छन् । संक्रमितहरु मध्ये राजपुर नगरपालिकाका ३३ जना, इशनाथ नगरपालिकाका १५ जना, मौलापुर नगरपालिका ६ तथा वौद्धिमाइ नगरपालिकाका २ जना रहेका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबै स्थानीय पालिकाहरुका क्वारेन्टाइमा रहेका छन् । संक्रमित पुष्टि भएका सबैको स्वास्थ्य स्थिति सामान्य रहेको तथा संक्रमितहरुलाई गरुडा नगरपालिका स्थित प्रहरी स्कुलमा निर्माणाधीन आइसोलेसनमा राख्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा शुक्रबार दिउँसोसम्म क्वारेन्टाइमा बस्नेको संख्या ६ हजार नाघेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार मंगलबार दिउँसोसम्म जिल्लाका विभिन्न स्थानिय तहमा रहेका क्वारेन्टाइनमा ६ हजार ४ सय ३९ जना रहेका छन् ।

जसमध्ये ६ हजार १ सय ३३ पुरुष र ३ सय ६ महिला रहेका छन् । जिल्लामा भारतमा रहेका करिब १० हजार बढी जिल्लावासी घर फर्कने स्थानीय प्रशासनको अनुमान रहेको छ ।

अझैपनि स्वाव परीक्षणको रिर्पोट आउने क्रम जारी रहेकाले संक्रमितको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । स्थानीय प्रशासनले क्वारेन्टाइन क्षेत्रमा स्थानीयको आवजावत बढेपछि सो क्षेत्रको २ सय मिटर वरपर निधेषाज्ञा जारी गरेको छ ।

coro-5-768x593

सिरहामा ५ जना सहित सामाजिक सद्भाव बिथोल्ने ३९ जना

तराईका विभिन्न ६ जिल्लामा सामाजिक सद्भाव बिथोलेको आरोपम ...

मधेस घटना सुनियोजित भएको मधेसी नेताहरूको आरोप

मधेस केन्द्रित दलका शीर्ष नेताहरूले प्रधानमन्त्री बालेन ...

गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा। सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन् ...

साउन १६ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १६ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब