भारतीय प्रहरीले नेपाली भूमिमा आएर भत्कायो सडक

  • जेठ १६, २०७७ | ३२८ पटक पढिएको | सीमा संदेश
alt

पर्सा । भारतीय प्रहरीले पर्साको ठोरी गाउँपालिका २ मा ठुटे खोलामा निर्माण भएको सडक भत्काइदिएको छ ।

ठोरी गाउँपालिका वडा नं २ का अध्यक्ष किशोर तामाङका अनुसार बिहीबार अपरान्ह भारतीय प्रहरीको टोलीले सडक भत्काइदिएको छ । भारततर्फ पानी लैजाने दुईवटा र नेपालको एउटा कुलो त्यो सडकमा परेका थिए । कुलो पुरेर सडक निर्माण गरेको नेपाली पक्षले अन्य ठाउँबाट कुलो बनाइदिने तयारी गरेको तामाङले जानकारी दिए ।

शुक्रबारदेखि कुलो बनाइदिने तयारी भएपनि भारतीय प्रहरीको दादागिरीपछि रोकिएको उनले बताए ।

‘कुलो नपुरेसम्म सडक बन्ने अवस्था थिएन, हामीले कुलो सारिदिने तयारी गरेका थियौं, आजबाट बनाउने भनेका थियौं, अब तत्काल त्यो काम रोकिएको छ,’ वडाध्यक्ष तामाङले भने, ‘भारतीय पक्षले आफ्नै बिर्ता जस्तो गर्छ नेपालको भूमि पनि । तत्काल काम अघि बढाउँदा समस्या थप बल्झिएला भनेर काम रोकियो ।’

पर्साको ठोरी गाउँपालिका वडा नं २ र ३ जोड्ने ठुटे खोलामा तीन दिन अगाडी मात्रै सडक निर्माण गरिएको थियो । भारतीय प्रहरीसहित आएका स्थानीयले सडक भत्काउन थालेपछि ठोरीका स्थानीय त्यहाँ पुगेर बिरोध गरेका थिए ।

भत्किएको सडक पनि बिहीबार साँझ नै बनाएको छ ।शुक्रबार त्यहाँका जनप्रतिनिधि र स्थानीयले स्थलगत भ्रमण गरेर समस्याको सामाधान निकालिदिन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका छन् ।

२०७५ जेठमा ठुटे खोलामा ६ करोड ९७ लाख २१ हजार रुपैयाँको लागतमा पुल निर्माण भएको थियो । हुलाकी राजमार्गमा पर्ने पुल निर्माण सम्पन्न भएको २ वर्ष बितिसक्दा पनि भारतीय पक्षको अवरोधका कारण सडक प्रयोगमा आएको थिएन ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब