प्रदेश २ मा मात्रै झण्डै ५०० सय कोरोना संक्रमित

  • जेठ १६, २०७७ | ४७५ पटक पढिएको | सीमा संदेश
alt

 सिरहा । प्रदेश २ मा पछिल्लो २४ घण्टामा ९६ जना कोरोना संक्रमित थपिएको छ । रौतहटमा ७३ जना, सप्तरीमा ५ जना, धनुषामा १ जना, सर्लाहीमा ४ जना, बारामा ४ र पर्सामा ५ जनामा कोरोना संक्रमण पुष्टि प्रदेश २ को समाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले जानकारी दिए ।

यससंगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ४ सय ९६ पुगेको छ भने ९८ जना उपचार पश्चात निको भएर घर फर्केको उनले बता बताए । देशभरि शुक्रबार ४ बजेसम्म कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

स्वाब र क्वारेन्टाइन

यस प्रदेशमा अहिलेसम्म ११ हजार ६२६ को स्वाबको नमूना सङ्कलनको नमूना सङ्कलन गरिएकोमा आठ हजार ९७६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने दुई हजार १५४ जनाको रिपोर्ट आउन बाँकी रहेको सचिव डा घिमिरेले बताउनुभयो ।

यस प्रदेशमा भारतबाट फर्कनेको सङ्ख्या बढ्दै गएपछि क्वारेन्टाइनको सङ्ख्या पनि थप गरिएको छ । यस प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा क्वारेन्टाइनको सङ्ख्या ३४२ रहेको छ भने श्ययाको सङ्ख्या २२ हजार ५१० रहेको छ । होम क्वारेन्टाइनमा छ हजार १८९ जना र आइसोलेसनमा २३६ जना बसेका छन् । आइसोलेसनमा श्ययाको सङ्ख्या ६६५ रहेको छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब