रौतहट । रौतहटको एक होटेलमा यौनधन्दा गरेका आशंकामा दुईजोडी पक्राउ परेका छन् । चन्द्रपुरस्थित होटल मामा भान्जाबाट यौनजन्य धन्दा गरेको आशंकामा प्रहरीले २ युवती र २ जना पुरुषलाई नियन्त्रणमा लिएको हो ।
सो होटेलमा लामोसमयदेखि यौनधन्दा चल्दै आएको र लकडाउनको समयमा पनि जारिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापामारी गर्दा दुईजोडीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा रौतहटकै एकजना ५० वर्ष र अर्का ४० वर्षको पुरुष रहेका छन् भने दुई युवती अन्य जिल्लाको रहेको चन्द्रपुरका डिएसपी शाहीले बताए । चारैजनामाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved