हत्या गरी फरार रहेको आरोपमा यादव ससुरालीबाट पक्राउ

  • जेठ १८, २०७७ | २६५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहामा हत्या गरी फरार रहेको आरोपमा एकजनालाई प्रहरीले ससुरालीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको मिर्चेया नगरपालिका १ बस्ने २० वर्षीय इन्दल भनिने रुपेश यादव छन् ।

उनी दुई वर्षअघि एकजनाको घाँटी रेटेर हत्या गरी मिर्चेया नगरपालिकाकै सितापुरस्थित ससुरालीमा बस्दै आएका थिए ।

पक्राउ परेका यादवले २०७४ साल असोज २३ गते सिरहाकै कर्जन्हा नगरपालिका १० निवासी ३६ वर्षीय शशीभूषण प्रसाद साहलाई कुटपिट गर्दै घाँटी रेटेर हत्या गरेको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले जानकारी दिए ।

हत्या गरी फरार रहेका उनलाई ससुराली घरमा लुकेको अवस्थामा प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले पक्राउ गरेको एसपी चर्तुवेदीले बताए ।

पक्राउ परेका उनलाई सिरहा जिल्ला अदालतमा पेस गरिने छ ।

साहको हत्या घटनामा संलग्न सोमन भनिने राम ईश्वर कापरीलाई सिरहा जिल्ला अदालतको २०७४ साल पुस २५ गतेको आदेशले पूर्पक्षका लागि कारागार चलान गरिसकेको छ ।

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब