सिरहा । सिरहा नगरपालिकाको सूर्यनारायण सत्यनारायण मरबैता यादब बहुमुखि क्याम्पस सिरहाको क्वारेन्टाइनमा रहेको ५ जना कोरोना संक्रमित पुष्टि भएको छ ।
उनीहरु सिरहा नगरपालिका वडा नं. ११ को २ जना, ९ को २ जना र १७ को १ जना १८ देखि ६० वर्षको रहेको छ । हला संक्रमितलाई सिरहा अस्पतालको आईसुलेशनमा सार्ने कार्य भईरहेको सिरहा नगरपालिका प्रशासकिय प्रमुख बलिराम यादबले बताउनु भयो । संक्रमित सबै भारतबाट आएको थियो ।
सिरहामा कोरोना भाईरसको संक्रमित संख्या ३० पुगेको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved