राष्ट्रपति र प्रधानमन्त्रीबीच सेना परिचालनबारे छलफल

  • जेठ १९, २०७७ | ३८८ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ । सोमबार भएको भेटवार्तामा बढ्दो कोरोनाको संक्रमणका बीच अवस्थालाई सहजीकरण गर्न सेना परिचालनको विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । 

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको पुष्टि गरेपनि के विषयमा छलफल भएको भन्नेबारे आफूलाई थाहा नभएको बताए । 

तर प्रधानमन्त्री निकट स्रोतले भने सेना परिचालनको सन्दर्भमा भेटवार्ता भएको बतायो । यसविषयमा केही दिनअघिको क्याबिनेट बैठकमै छलफल भएको थियो । 

संविधानको धारा २६७ को उपधारा (६) मा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विश्रृंखलताको कारणले गम्भीर संकट उत्पन्न भएमा राष्ट्रिय सुरक्षा परिषदको सिफारिशमा नेपाल सरकार, मन्त्रिपरिषदको निर्णय बमोजिम राष्ट्रपतिबाट नेपाली सेना परिचालनको घोषणा हुनसक्ने उल्लेख छ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सरकारले विदेशबाट ल्याउने नेपालीको व्यवस्थापन र देशभरको क्वारेन्टिनको व्यवस्थापनका लागि सेना परिचालन हुनसक्ने बताए । यसबारे सरकारले निर्णय गरेपछि सेना परिचालन हुने उनको भनाइ छ । 

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब