महोत्तरीमा हतियार र लागुऔषधसहित दुई जना पक्राउ

  • जेठ १९, २०७७ | ३१५ पटक पढिएको | सीमा संदेश
alt

महोत्तरी ।  प्रदेश प्रहरी कार्यालय जनकपुरधामले लागुऔषध र हतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।  

प्रदेश प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी महोत्तरी लोहारपट्टी नगरपालिका ८ का २० वर्षीय डिके भनिने आजेजुल राईन र सर्लाही मलङ्गवा नगरपालिका १ का जितेन्द्रकुमार रामलाई सार्वजनिक गरेको हो ।

राईनलाई पेस्तोलसहित र रामलाई लागुऔषधसहित पक्राउ गरी अनुसन्धानको क्रममा राखिएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । जनकपुर उपमहानगरपालिका १७ बनौलीको रामलोचन पासवानको आँपको बगैँचाबाट पक्राउ परेका राईनको साथबाट प्रहरीले एक थान अटोमेटिक पेस्तोल, तीन थान म्यागजिन र पेस्तोलमा लाग्ने पाँच राउण्ड गोली बरामद गरेको प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिनुभयो ।

त्यस्तै भारतबाट नेपालतर्फ आइरहेको समयमा सर्लाही प्रहरीले शङ्काको आधारमा जाँच गर्दा रामको साथबाट लागुऔषध वालरेक्स १०० नामक ५० थान बरामद भएको प्रहरी उपरीक्षक सापकोटाले बताउनुभयो । 

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब