प्रदेश २ मा कोरोना सङ्क्रमित ६ सय ९५ पुगे

  • जेठ २०, २०७७ | २६६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६ सय ९५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८२ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या ६ सय ९५ पुगेको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले सोमबार साँझ पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभएको हो ।

जानकारी अनुसार सप्तरीमा १२ जना, महोत्तरीमा २जना, सिरहामा ५जना, सर्लाहीमा ३८ जना, धनुषामा ७ जना र रौतहटमा १८ जना गरी ८२ जना थपिएका हुन्  ।

यस अवधिमा थपिएका सबै जना केही दिनअघि भारतबाट आएका थिए । यस प्रदेशमा आजसम्ममा १५ हजार ७ सय ७४ जनाको स्वाबको नमूना सङ्कलन गरिएकामा १० हजार ३ सय ५१ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने चार हजार ७ सय २८ जनाको रिपोर्ट आउन बाँकी रहेको सचिव डा घिमिरेले जानकारी गराउनुभयो ।

यस प्रदेशमा अहिलेसम्म ६ हजार ६८२ जना आरडीटी परीक्षण गरिएकामा ५० जना रिपोर्ट पोजिटिभ आएको छ । यस प्रदेशमा भारतबाट भित्रिनेको चाप बढ्दै गएपछि क्वरेन्टीनको सङ्ख्या पनि थपिएको छ । क्वारेन्टिनमा अहिले २२ हजार ९१८, होम क्वरेन्टीनमा  पाँच हजार २०५ र आइसोलेशनमा ३ सय ९५ जना बसेका छन् ।

गोलबजार झडपका घाइते एक जनालाई धरान पठाइयो

सिरहा । गोलबजारमा बिहीबार दिउँसो भएको प्रदर्शनका क्रममा ...

गोलबजारको एबी मलमा सहित एक दर्जन घरमा आगजनी

सिरहाको गोलबजारमा आगजनी र तोडफोडका घटनाहरू बढ्न थालेका ...

गोलबजारमा गोली लागेका एक जनाको मृत्यु

सिरहा । सिरहामा भएको झडपका क्रममा गम्भीर घाइते भएका एक ...

प्रभु बैङ्कमा अनियमितता, प्रमुख व्यवसाय अधिकृत पन्

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब