सिरहा । सिरहामा जेष्ठ १९ गते सम्मको परिक्षण रिर्पोट अनुसार कुल ९७८ जनाको रिर्पोट निगेटिभ रहेको छ ।
जिल्ला भरीको २४ स्थाई र ६ अस्थाई क्वारेन्टाइनमा बसेका कुल १६८० जनाको स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि काठमाडौँ पठाएको छ । जस मध्ये कुल १००८ जनाको परिक्षण रिर्पोट सर्वजनिक भईसकेको छ । सर्वजनिक गरिएको रिर्पोटमा कुल ९७८ जनाको परिक्षण निगेटिभ आएको छ भने ३० जनाको रिर्पोट पोजेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्णदेव यादबले जानकारी दिनु भयो ।
हाल सम्म जिल्ला भरीमा कुल ७४९ जनाको अरडिटी परिक्षण गरिएको छ । आरडिटी परिक्षणमा ७४५ जनाको रिर्पोट निगेटिभ आएको छ भने ४ जनाको रिर्पोट पोजेटिभ आएको छ । अरडिटी परिक्षण रिर्पोट पोजटिभ आएको संक्रमित घोषण गरिएको छैन । स्वाब संकलन गरी काठमाडौ पाठएको छ । पिसिआर रिर्पोट पोजेटिभ आएपछि मात्र कोरोना संक्रमित घोषण हुने यादबले बताउनु भयो ।
जिल्ला भरीको १७ वटा स्थानियतहको क्वारेनटाइनमा भारतबाट आएको कुल १६२२ जना रहेका छन । कोरोना संक्रमित पुष्टिसहित कुल ३८ जनालाई आईसोलेसनमा राखिएका छन ।
हिजो सिरहा नगरपालिकको क्वारेन्टाइनमा फेला परेको ५ जना कोरोना संक्रमितसहित सिरहा जिल्लामा संक्रमितको कुल संख्या ३० जना पुगेको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved