सिरहामा ९७८ जनाको रिर्पोट निगेटिभ

  • जेठ २०, २०७७ | ४२३ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहामा जेष्ठ १९ गते सम्मको परिक्षण रिर्पोट अनुसार कुल ९७८ जनाको रिर्पोट निगेटिभ रहेको छ ।

जिल्ला भरीको २४ स्थाई  र ६ अस्थाई क्वारेन्टाइनमा बसेका कुल १६८० जनाको स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि काठमाडौँ पठाएको छ । जस मध्ये कुल १००८ जनाको परिक्षण रिर्पोट सर्वजनिक भईसकेको छ । सर्वजनिक गरिएको रिर्पोटमा कुल ९७८ जनाको परिक्षण निगेटिभ आएको छ भने ३० जनाको रिर्पोट पोजेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्णदेव यादबले जानकारी दिनु भयो ।

हाल सम्म जिल्ला भरीमा कुल ७४९ जनाको अरडिटी परिक्षण गरिएको छ । आरडिटी परिक्षणमा ७४५ जनाको रिर्पोट निगेटिभ आएको छ भने ४ जनाको रिर्पोट पोजेटिभ आएको छ । अरडिटी परिक्षण रिर्पोट पोजटिभ आएको संक्रमित घोषण गरिएको छैन । स्वाब संकलन गरी काठमाडौ पाठएको छ । पिसिआर रिर्पोट पोजेटिभ आएपछि मात्र कोरोना संक्रमित घोषण हुने यादबले बताउनु भयो । 

जिल्ला भरीको १७ वटा स्थानियतहको क्वारेनटाइनमा भारतबाट आएको कुल १६२२ जना रहेका छन । कोरोना संक्रमित पुष्टिसहित कुल ३८ जनालाई आईसोलेसनमा राखिएका छन ।

हिजो सिरहा नगरपालिकको क्वारेन्टाइनमा फेला परेको ५ जना कोरोना संक्रमितसहित सिरहा जिल्लामा संक्रमितको कुल संख्या ३० जना पुगेको छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब