सिरहा । प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार प्रदेश २ का ४४ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका एक कर्मचारीले जानकारी दिए ।
संक्रमण पुसिष्ट भएका मध्ये सबभन्दा बढी सर्लाहीका १३ जना छन् । यससंगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ सय ५९ पुगेको छ । अन्य जिल्लाको संख्या सहित विस्तृत विवरण केहि बेरमा सार्वजनिक गर्ने जनाएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved