सिरहामा थप १०० बेड आईसुलेसन वाडको निर्माण कार्य सुरु

  • जेठ २१, २०७७ | ८६२ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहामा कोरोना संक्रमित दिन प्रति दिन भारी संख्यामा थप हुने क्रम बढेपछि थप १०० बेडको आईसुलेशन वाड निर्माण कार्य जिल्ला अस्पताल सिरहाले  सुरु गरेको छ ।

प्रदेश सरकारको सहयोगमा सिरहा सदरमुकाममा रहेका श्री चन्द्र माध्यमिक विधालय सिरहाको भवनलाई आईसुलेशन वडाका लागि प्रयोग गर्ने गरी जिल्ला अस्पताल सिरहाले निर्माण कार्य अगाडी बढेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्णदेव यादबले जानकारी दिनु भयो ।

सिरहा जिल्ला भित्रका विभिन्न आस्पतालमा आईसुलेशन रहेपनि संक्रमितहरुको सहज उपचारका लागि सिरहा जिल्ला अस्पतालको २५ बेड र धनगडीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालको ३० बेड प्रयोग भईरहेको छ । कुल ५५ बेड आईसुलेशन वाडमा कुल ४८ जना कोरोना संक्रमितलाई राखिएको छ ।

हाल सिरहामा कोरोन संक्रमितको कुल संख्या ४७ रहेको छ । तर मंगलवार धनुषामा कार्यरत सिरहा धनगडीमाई नगरापालिका स्थाई घर भएको नेपाली प्रहरीको जवान संक्रमित पुष्टी भएपछि वहाँ आफ्नै घरमा रहेकोले हाल महेन्द्र गेनाई अस्पतालमा भर्न गरेको छ । आईसुलेशन भर्ना संख्यको आधारमा सिरहामा ४८ संक्रमित पुगेको छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब