परपुरुषसँगको अवैध सम्बन्धमा २० हप्ताको गर्भवती भएपछि…

  • जेठ २१, २०७७ | ४३७ पटक पढिएको | सीमा संदेश
alt

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका १ की एक महिलाले अवैध रूपमा गर्भपतन गराउन लागेकी खुलासा भएको छ ।

स्थानीय एक २० वर्षीया महिलाले अवैध रुपमा गर्भपतन गराउन लागेकी स्थानीयले बताएका छन् । स्थानीय २० वर्षीया महिलाले २० हप्ताको गर्भपतन लुकिछुपि गराउन लागेपछि स्थानीयवासीले खुलासा गरेको हो ।

आफ्नो घरमा लुकिछुपि महिलाले परपुरुषसँग अवैध सम्बन्ध राखेर गर्भवती भएको बताइएको छ । उनले सो गर्भपतन गराउन औषधि सेवन गर्न थालेपछि स्थानीयले थाहा पाएपछि सो घटना बाहिर आएको प्रहरीले जनाएको छ ।

यसअघि सो महिलाले सोहि ठाउँका ओमप्रकाश यादवसँग अवैध सम्बन्ध रहेको भन्दै एक छोराको जन्म समेत दिइएको थियो , तर फेरि पनि गाउँकै अर्का युवकसँग अवैध सम्बन्ध राखेर गर्भवती भएको स्थानीयको आरोप छ ।

त्यसैगरी स्थानीय ओम प्रकाश यादवको घरमा कामको शिलशिलामा बस्दै आएकी ती महिलाले घरकै सदस्यको गर्भ रहेको भन्दै सप्तरी जिल्ला अदालतमा नाता कायम तथा मनो चामल अशको मुद्दा दायर गरेको पीडित महिलाले बताइन् ।

ती महिलाले यसअघि अफुले बोकेको गर्भ स्थानीय रामकुमार यादवको रहेको भन्दै दाबी गरेकी छन् । तर, ती महिलाले आफ्नो गर्भ तुहाउन रायपुरस्थित युनिक अस्पतालमा रातारात गर्भपतन गराउन गएपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । सो घटनापछि इलाका प्रहरी कार्यालय रुपनिले सो महिलाको स्वास्थ्य परिक्षण गराउंँदा उनी २० हप्ताको गर्भवती रहेको रिपोर्ट सार्वजनिक भएको थियो ।

यसअघि ती महिलाले स्थानीय ओम प्रकाश यादव मेरो श्रीमान हो भन्दै दाबी गर्दै आएकी छन् । यता स्थानीयहरुले उक्त महिला चरित्रहिन रहेको भन्दै गाउँ निकाला गर्ने चेतावनी समेत दिए ।

यसैबीच उक्त घटनाको वास्तविक छानविन हुनुपर्ने माग स्थानीयहरुले सम्बन्धित निकायसँग गरे ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब