चिकित्सकमा कोरोना संक्रमण, अस्पताल बन्द

  • जेठ २२, २०७७ | ५२१ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं (नेस)। सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालका पाँच जनामा कोरोना संक्रमण प्रमाणित भएको छ । दुई चिकित्सक, एक नर्स र दुई बिरामी गरी पाँच जनामा कोरोना संक्रमण प्रमाणित भएको हो ।

ट्रेसिङ कार्य जारी रहेको र संक्रमित चिकित्सकको संख्या मंगलबारसम्म एक रहेकोमा बुधबार अर्का एक चिकित्सक पनि थपिएका छन् । मंगलबार ४ जना संक्रमित देखिएसँगै राति नै सूचना निकालेर अस्पताल बन्द गरिएको केएमसी मेडिकल कलेजका प्रमुख प्राडा चन्दा कार्कीले बताउनुभयो ।

केएमसीले कोरोना विशेष अस्पताल दुवाकोट भक्तपुरमा स्थापना गरेको भए पनि सिनामंगलमा बिरामी, चिकित्सक र नर्समा कोरोना संक्रमण देखिएको छ ।

कोरोना पुष्टि भएका विभागहरूमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै सेवा अर्को सूचना नआउन्जेलका लागि बन्द गरिएको अस्पतालले मंगलबार राति जारी गरेको सूचनामा उल्लेख छ । चिकित्सक र बिरामीमा कोरोना संक्रमण भएको भन्दै अस्पतालको आकस्मिक सेवासमेत बन्द गरिएको छ ।

अहिले पनि ६० भन्दा बढी बिरामीले सोही अस्पतालमा उपचार गराइरहेका छन् । बिरामी र कुरुवाको स्वाब कलेक्सन गरी परीक्षण रिपोर्ट नआएसम्म अस्पताल बाहिर जान रोक लगाएको मेडिकल कलेजका प्रमुख डा. कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘जति पनि भर्ना भएका बिरामी हुनुहुन्छ उहाँहरूको सुरक्षित तरिकाले यही अस्पतालमा उपचार भइरहेको छ । यस्तो अवस्थामा संक्रमित अस्पताललाई सिल गरेर भर्ना भएका बिरामीलाई डिस्चार्ज नगरी परीक्षण गर्नुपर्ने हुन्छ ।’

बिरामी मात्र नभई ट्रेसिङमा बिरामी कुरुवा, भिजिटर, चिकित्सक, नर्स, कर्मचारी सबै तानिने हुनाले झन्डै २ सयको हाराहारीमा टे«सिङको संख्या पुग्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

यदि यो अस्पतालको क्षमताभन्दा बढी संख्यामा संक्रमण देखिएमा सरकारले संक्रमितलाई व्यवस्थित तरिकाले अर्को अस्पतालमा सार्न सक्ने हुँदा कसैले चाहेर पनि डिस्चार्ज भने हुन नपाउने डा. कार्कीले बताउनुभयो ।

मृतकको संख्या नौ पुग्यो

कोरोना संक्रमणका कारण दोलखाका एक पुरुषको मृत्यु भएपछि मृतकको संख्या नौ पुगेको छ । बुधबार ७६ वर्षका एक पुरुषको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराउनुभएको हो ।

संक्रमित पुरुष काठमाडौं मेडिकल कलेज (केएमसी) मा ब्रेन ह्यामरेज भएर ल्याइएको बिरामी हुनुहुन्थ्यो । उहाँको शल्यक्रिया सकी केएमसीले नै स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण प्रमाणित भएको थियो । लगत्तै ती पुरुषलाई जेठ १४ गते त्रिवि शिक्षण अस्पताल पठाएको थियो ।

त्रिवि शिक्षण अस्पतालको आईसीयू कक्षमा उपचारकै क्रममा बुधबार उहाँको निधन भएको अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्काले जानकारी गराउनुभयो ।

अक्सिजन र भेन्टिलेटर चाहिए मात्र अस्पताल भर्ना

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अक्सिजन र भेन्टिलेटर चाहिने अवस्थाका बिरामीलाई मात्र अस्पताल भर्ना गर्ने नीति लागू गर्ने बताउनुभएको छ ।

मन्त्री ढकालले बुधबार बौद्धमा स्वास्थ्य सामग्री ग्रहण गर्ने क्रममा सो कुरा बताउनुभएको हो । उहाँले कोरोना संक्रमणको लक्षण ८० प्रतिशतमा सामान्य अवस्थामा देखिने हुनाले नियमको पालना गरेमा अस्पताल भर्ना हुनु नपर्ने बताउनुभयो ।

कोरोना संक्रमितको संख्या २ हजारभन्दा माथि पुगेकाले सबै संक्रमितलाई अस्पतालमा राखेर उपचार गर्न नसकिने भएकाले नयाँ नीतिअनुसार अघि बढ्ने बताएको छ ।

नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २ सय १ जना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमित हुनेको संख्या २ हजार ३ सय पुगेको बताउनुभयो ।

उहाँले पीसीआर विधिबाट ८० हजार २ सय ६८ र आरडीटी विधिबाट १ लाख २० हजार ३ सय ७९ परीक्षण गरिएको र संक्रमितमध्ये २ सय ७८ जना निको भएर घर फर्किसकेको जानकारी गराउनुभयो ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब