१२ वर्षीय बालकसहित थप ८ जनामा कोरोना पुष्टि

  • जेठ २२, २०७७ | २५७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । प्रदेश २ मा बिहीबार थप ८ जनामा कोारोना भाइरसको देखिएको छ । बारामा एक महिला र ६ जना पुरुषसहित ७ जना तथा पर्सामा एकजना १५ वर्षकी बालिकामा संक्रमण पुष्टि भएको हो ।

बाराको आदर्श कोतवाल गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका एक महिला र ६ जना पुरुषसहित ७ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक पारस यादवले जानकारी दिए ।

संयोजक यादवका अनुसार उनीहरु सातैजनामा हेटौँडास्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको छ । भारतको ईन्दोर, मुम्बई, गुजरात लगायतका स्थानबाट १० दिन अघि फर्किएका सातैजना गाउँपालिकाको वडा नम्बर १ स्थित विद्यालयमा बनाइएको क्वारेन्टिनमा बस्दै आएका थिए ।

क्वारेन्टिनमा बस्दै आएका ५४ जनाको जेठ १९ गते स्वाब संकलन गरी पीसीआर परीक्षणको लागि हेटौँडा स्थित प्रयोगशालामा पठाइएकोमा ७ जनाको रिपोर्ट पोजेटिभ आएको यादवले बताए । संक्रमित मध्ये एकजना १२ वर्षका बालक समेत रहेका छन् ।

यस्तै पर्साको पोखरिया नगरपालिका वडा नम्बर ६ की १५ वर्षकी किशोरीमा कोरोना संक्रमण देखिएको भएको नारायणी अस्तालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए ।

किशोरीमा उनको बुवाबाट नै कोरोना सरेको पाइएको छ । गत जेठ ६ गते भारतबाट फर्केर आएका ती किशोरीकी बुवालाई पनि कोरोना संक्रमण भएको थियो ।
योसंगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ सय ६७ पुगेको छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब