प्रदेश २ को राज्यमन्त्री उषाकी स्वकीय सचिवमा कोरोना संक्रमण

  • जेठ २२, २०७७ | २५८ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवकी स्वकीय सचिवमा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषामा बिहीबार भेटिएका ६ जना संक्रमितमध्ये एकजना राज्यमन्त्री यादवकी सहयोगी र पाँचजान प्रदेशसभा २ का मर्यादापालक छन् ।

प्रदेश सभाको चौथो अधिवेशन सुरु गर्न गत जेठ १६ गते प्रदेशसभा सदस्य, सचिवालयका कर्मचारी, मर्यादापालक, मन्त्रीका सुरक्षा गार्ड, चालकसहितका गरी ३ सय ४४ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

जसमध्ये सभामुखदेखि सबै मन्त्री, सांसद र केही कर्मचारीको रिपोर्ट निगेटिभ आएको थियो । तर बिहीबार आएको रिपोर्टमा राज्यमन्त्रीका सहयोगी सहित ६ जनामा कोरोना संक्रमण भेटिएको छ । राज्य मन्त्रीका ती सहयोगी महिला रहेको बुझिएको छ ।

संक्रमित ६ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा भर्ना गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

प्रदेशसभाका पाँच मार्यादापलकसहित ६ जनामा कोरोना संक्रमण भेटिएपछि बिहीबार ३ बजेको लागि डाकिएको प्रदेशसभाको बैठक स्थगित भएको छ ।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब