मन्त्रिपरिषद्को बैठक सम्पन्न : लकडाउन खुकुलो बनाउने विषयमा छलफल

  • जेठ २२, २०७७ | ३१४ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । मन्त्रीपरिषदेको बैठकले कोरानाको जोखिम नभएको क्षेत्र पहिचान गरेर लकडाउन खुकुलो बनाउने विषयमा छलफल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले उक्त बिषयमा छलफल गरेका हो ।

आजको बैठकले लकडाउन मोडालिटीबारे २/४ दिनभित्र कार्ययोजना बनाएर ल्याउन कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको छ । समितिले ल्याएको कार्ययोजनापछि मन्त्रिपरिषदको फेरि बस्ने बैठकले लकडाउनको मोडालिटी तय गर्ने कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिनुभयो ।

यसअघि उच्चस्तरीय समन्वय समितिले स्वास्थ्य विज्ञहरुसँग जनजीवन सहज बनाउनेगरी लकडाउन खोल्ने सम्वन्धमा छलफल गरेको थियो। विज्ञहरुले आवश्यक मापदण्ड तथा सतर्कता अपनाउँदै जोखिम कम भएका क्षेत्रमा लकडाउन खोल्न सकिने सुझाव दिएका छन्।

सरकारले गत चैत ११ गतेबाट लागू हुनेगरी घोषणा गरेको लकडाउन पटक पटक थप्दै आएको छ। पछिल्लो समय जेठ ३२ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय भएको थियो।

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब